काठमाडौं, १९ असोज । रूपन्देही, बुटवल उपमहानगरपालिका ४ हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका ११ देवीनगर डेरा गरी बस्ने गुल्मी घर भएका ३८ वर्षीय चन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १४ भवनीयापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका(३ बस्ने १९ वर्षीय शंकर शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(३ रिङ रोड वीरेन्द्र टोलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय गौरी सिंह महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


