Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बढ्यो लागूऔषधको कारोबार

१७ शनिबार , आश्विन २०८३२१ घण्टा अगाडि

करिब १ सय ५५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
बारा, १६ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ८ ईमलिप्रतिबाट अवैध लागूऔषध गाँजा करिब
१ सय ५५ किलो ६ सय ३५ ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने २८
वर्षीय अम्बिर डिम्डुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले मकवानपुरको मनहरीबाट
वीरगंजतर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको
गाँजा फेला पारी कार चालक अम्बिरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
काठमाडौं, १६ असोज । बाँके, नेपालगंज उपमहानगपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका ३ बस्ने ३५
वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका(४ लालबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब २ ग्राम सहित सोही नगरपालिका ५ घुम्ने बस्ने ३० वर्षीय प्रदिप
बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर
ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।