Advertisement Banner
Advertisement Banner

१७ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

हर्क, दिलमायातिर फर्क

१६ शुक्रबार , आश्विन २०८३१८ घण्टा अगाडि

हर्क, दिलमायातिर फर्क

अदालतले जेठी श्रीमती दिलमाया राईलाई अंश दिने निर्णय गरेपछि श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई श्रीमतीको प्रसंगमा सार्वजनिक प्रष्टीकरण दिंदै जेठी श्रीमतीसँग कानुनी रूपमा पहिले नैअलग भइसकेको भनेका छन् । अदालतले सगोल सम्पत्ति पाँच अंशियार कायम गरी एक अंश जेठी पत्नी दिलमाया राईलाई दिनुपर्ने ठहर गरेको छ । विवाह भएपछि पति हर्कराजले कुटपिट गर्ने, परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप समेत जेठी श्रीमतीले लगाएकी थिइन् । जो नेताले घरझगडा गर्छ, उसले देशको विवाद कसरी हल गर्नसक्छ । तिनै हर्कराज राई हरेक दिन संसदमा प्रधानमन्त्रीको खेदो खनिरहेका सुनिन्छन्, देखिन्छन् । प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न गर्छन् र राजीनामा देउ भनिरहेका छन् । उनकोदावी छ–म  छिटै प्रधानमन्त्री बन्छु ।