Advertisement Banner
Advertisement Banner

१७ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागुऔषध, बन्दुकसहित पक्राउ

१६ शुक्रबार , आश्विन २०८३एक दिन अगाडि

लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं, १५ असोज । सिन्धुली, कमलामाई नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५१ ग्राम ६ सय ८० मिलिग्राम सहित रामेछाप मन्थली नगरपालिका १२ घर भएका ३१ वर्षीय बाबुराम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा ५१ प १८९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
    कैलाली, लम्कीचुहा नगरपालिका ४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका ४ बस्ने १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  
    धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेबजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूवी भ्याली गाउँपालिका ५ बस्ने २१ वर्षीय जुन तामाङ र नीलकण्ठ नगरपालिका १२ बस्ने २१ वर्षीय बासुदेव नेपाली रहेका छन् । अस्थायी प्रहरी पोष्ट खहरेबाट खटिएको प्रहरीले रूवी भ्यालीबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ९३ प ५१७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद

 काठमाडौं, १५ असोज । सल्यान, बनगाड कुपिण्डे नगरपालिका(७ स्थित सल्लेरी सामुदायिक वनको ओढारबाट ४ थान र सोही नगरपालिका १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओढारबाट ४ थान गरी जम्मा ८ थान भरूवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । 
दाङ, लमही नगरपालिका ७ कमानपुरस्थित करी चौलाही सामुदायिक वनबाट भरूवा बन्दुक १ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी बन्गैबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।