Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सञ्चारमन्त्री पत्रकारप्रति किन अनुदार ?

१३ मंगलबार , आश्विन २०८३१८ घण्टा अगाडि

सञ्चारमन्त्री पत्रकारप्रति किन अनुदार ?

सञ्चारमन्त्री विक्रम तिमिल्सिना स्वरोजगार पत्रपत्रिकाप्रति साह्रै अनुदार भएका छन् । देशै भरिका पत्रकारहरू आन्दोलनमा छन्, त्यो आन्दोलनको कुरै सुन्दैनन् । बाढीपहिरोका पीडितको गाँस बास कपास, उपचारको बन्दोबस्त सरकारले गर्छ भनेर आश्वासन दिने मन्त्री पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन छापेबापत पाउँदै आएको रकम कटौती गर्ने कार्यविधि बनाएर पत्रपत्रिका छिमोल्ने काममा लागेका छन् । प्रधानमन्त्री प्रजातन्त्र भनिरहेका छन्, सञ्चारमन्त्री अप्रजातान्त्रिक निर्णय गरिरहेका छन् । सञ्चारमन्त्रीजी, यो त अति भएन र ?