Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रहरी असामाजिक तत्वविरुद्ध अझ कडा

१३ मंगलबार , आश्विन २०८३१९ घण्टा अगाडि

प्रहरी असामाजिक तत्वविरुद्ध अझ कडा

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ 
काठमाडौं, १२ असोज । झापा, मेचीनगर नगरपालिका ६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका १० बस्ने २३ वर्षीय सुरेश उरावलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय प्रमोद शाह र सोही नगरपालिका(१ बस्ने २३ वर्षीय राज बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को ५ प ४४१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका ५ बस्ने २९ वर्षीय रोहन सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २४ वर्षीय सुरज साहले बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । 
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका ९ सुकुम्बासी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय शरण कार्की र भीमफेदी गाउँपालिका(५ बस्ने २७ वर्षीय मिलन स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका(४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका १० भुटनदेबी बस्ने २९ वर्षीय दिप लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, बेलबारी नगरपालिका ४ बाबुराम टोल बस्ने ३२ वर्षीय योगेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ ट्याब्लेट र डाइक्लोमाइन १ सय ८५ ट्याब्लेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  
यसैगरी मोरङ, विराटनगर महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित धरान उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय राजु विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, बिन्दाबासिनी गाउँपालिका ४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित भारत मोतिहारी सिस्वा पञ्चायत बस्ने ६५ वर्षीय प्रेत रायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
धनुषा, बिदेह नगरपालिका ८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका ८ बफै बस्ने २२ वर्षीय अजय कुमार मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका १९ गैरी गाउँ बस्ने २३ वर्षीय पुजन श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका(१ बस्ने २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेंलो अर्धठास पदार्थ सहित पक्राउ
पर्सा, १२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ सय २२ ग्राम ४ सय मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक ४६ वर्षीय ASLAM SHOKAT    लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले ईन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।