Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आप्रवासी नेपाली साहित्यको इतिहास

०९ शुक्रबार , आश्विन २०८३७ घण्टा अगाडि

आप्रवासी नेपाली साहित्यको इतिहास

प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको विश्वभरका नेपाली साहित्यको प्रथम अभिलेख ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ । यो पुस्तक नै आप्रवासी नेपाली साहित्यको पहिलो आधिकारिक इतिहास हो । यो कृतिमा नेपाली जाति पुगेका नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरण गरिएको छ ।
यो कृतिको पहिलो खण्डमा आप्रवास, आप्रवासी र डायस्पोरासम्बन्धी सैद्धान्तिक पक्षको विस्तृत अभिलेख छ भने दोस्रो खण्डमा विभिन्न मुलुकमा सिर्जना भएको नेपाली साहित्यको विधागत इतिहासको इतिवृतान्त रहेको छ । यो कृति नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको दस्तावेज बनेको छ ।
नेपाली वाङ्मयको विकासमा डायस्पोराको अविश्मरणीय योगदान रहेको छ । विश्वका ३२ भन्दा बढी मुलुकमा रहेका नेपालीको साहित्य पनि समावेश छ ।