नेपालमा राष्ट्रियता, जनजिविकाको मूल समस्या भनेको संसदीय व्यवस्थाका कारणले उव्जेको हो। यी सबै समस्याको हल जनगणतन्त्र नै हो। जनविद्रोहमार्फत जनगणतन्त्र स्थापना सम्भव छ। जनगणतन्त्रमार्फत शान्ति र समृद्धिको लक्ष्य बोकेर विप्लव विद्रोहको आँधिबेहरी तैयारी गरिरहेका छन्। आगामी फागुन १ गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरेर रोल्पाको थवाङमा बन्द सत्र सञ्चालन गरेर कडा कदमको निर्णय लिने संकेत गर्दै थवाङमा १ करोड ४ लाख लागतको सहिद स्मृति हल निर्माण गर्न सुरु गरेका छन्। यो कार्यमा पार्टीका सबै तह र तप्काका २ हजारले श्रमदान गर्नेछन्। थवाङ त्यो माओवादी आधार इलाका हो, जहाँबाट संविधानसभाको निर्वाचनमा रित्तो व्यालेट बक्स फर्काइएको थियो।
थवाङमा सहिद स्मृति भवन निर्माण भएपछि त्यो भवन जनताका लागि उपयोगी हुने र उपयोग गर्न दिइने विप्लव माओवादीले जनाएको छ।