Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रेखा राप्रपामा

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

चर्चित अभिनेत्री रेखा थापा एकाएक प्रचण्डलाई छाडेर कमल थापाको राप्रपामा प्रवेश गरेकी छिन्। राजनीति विश्वासको कुरा हो भन्ने रेखा थापाको प्रचण्डप्रतिको विश्वास सकिएछ? सडकमा प्रचण्डसाग कि लाउ मायाँ मैतिर, कि लाउ उहीतिर भनेर कम्मर ठोकर नाच्ने रेखा थापाले प्रचण्डले मुलुक हाँक्न सक्छन् भनेकी थिइन्, अहिले उनले प्रचण्डको माओवादी केन्द्र त्यागेर राप्रपाको घर प्रवेश गरेपछि प्रश्न उठेको छ– प्रचण्ड अव मुलुक हाँक्न असक्षम नै भएछन् त? राप्रपा र राप्रपा नेपाल एकीकरण भएकै दिन राप्रपा प्रवेश गरेकी अर्की चर्चित गायिका कोमल वलीले फेसबुक हंगामा पिट्दै लेखेकी छिन्– नेपालकी नम्बर वान नायिकका रेखा थापा अन्ततः राप्रपा प्रवेश गर्ने जानकारी दिएकी थिइन्। सेलिब्रिटीहरु राजनीतिमा प्रवेश गर्ने लहर प्रत्येक पार्टीमा यसैगरी चलिरहेको छ। 
रेखा थापाले पनि आफ्नो सामाजिक सञ्जालमा गतहप्ता नै एक महत्वपूर्ण नेता भेटेको खुलासा गरेकी थिइन्। ती नेता कमल थापा नै थिए। कमल थापाले उनको पार्टी प्रवेश इच्छा पूरा गर्न तैयार रहेको जनाइसकेका हुन्। थापाले सम्मानजनक स्थान दिने वचन दिएको चर्चामा छ। 
अभिनेत्री रेखा थापासँग माओवादी केन्द्रका धेरै नेताहरु प्रभावित रहेका छन्। राम्रो सम्बन्ध पनि छ तर रेखा थापाको प्रभावको उपयोग गर्न माओवादी केन्द्रले सकिरहेको थिएन, किन हो? धेरैको प्रश्न थियो। तर अव राप्रपा प्रवेश गर्नासाथ रेखा थापा मेनलाइन राजनीतिको लाइमलाइटमा आउने चर्चा राप्रपाभित्र व्यापक भइरहेको छ भने रेखा थापाजस्ता कलाकारले माओवादी पार्टी परित्याग गर्नृ घाटाको अर्थमा पेरिस डाँडामा हुरीबतास चल्न थालेको छ। कतिपय नेताले भने यस्ता कलाकार आउँछन्, जान्छन् भनेको पनि सुनिएको छ। यस घटनाले प्रम प्रचण्ड चकित परेको हुनुपर्छ।