Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकमानले ज्यान छाडे, भ्रष्टहरुविरुद्ध एक्लै उभिन्छु

२७ सोमबार , मंसिर २०७३८ बर्ष अगाडि

लोकमानविरुद्धको महाभियोग प्रस्ताव के हुन्छ? संविधान संशोधनको प्रस्ताव पारित होला कि नहोला? यी दुबै प्रश्नमा अल्भि्कउको संसद, सडक र सत्ता आफैमा अन्यौलग्रस्त छन्। सभामुख र राष्ट्रपति निकास निकाल्न आग्रह गरिरहन्छन्, राजनीति टेडोमेडो खोलाजस्तो भएर बगिरहेको छ। राजनीतिले प्रष्ट कोर्ष धारण गर्नै सकेको छैन।
अव संसदमा भएका यी दुबै प्रस्तावहरुभन्दा भिन्न रुपमा राजनीति अघि बढ्न लागेको छ। छिटोभन्दा छिटो चुनाव घोषणा गर्ने होमवर्क पो गर्दैछन् प्रधानमन्त्री र संसद चल्नै नदिने कसम खाएको एमाले चुनाव घोषणा गर्ने हो भने संसदको अवरोध हटाइदिन तैयार भएको छ। एमालेले जसरी पनि चुनाव चाहिरहेको छ। एमालेलाई लागेको छ, स्थानीय, प्रदेश संसदको चुनावमा एमाले मेजर पार्टी भएर आउनेछ। 
कांग्रेसका सभापति शेरबहादुर देउवा पटक्कै बोल्दैनन्। कांग्रेस मधेसतिर ढल्केको देखिन्छ तर जसरी पनि समय गुजारेर सत्ताको बागडोर लिने रणनीतिमा कांग्रेस भएको बुझ्न सकिन्छ। सत्ताको बागडोर लिएपछि जे निर्णय गर्नुपर्छ गरौंला भन्ने पर्ख र हेरको नीतिमा छ कांग्रेस। र, लोकमान सिंह कार्कीले आफूलाई युद्ध मैदानमा पाएका छन् र एक्लै भए पनि भ्रष्टाचारीहरुविरुद्ध खडा हुने प्रतिक्रिया दिएका छन्। सार्वजनिक सभामा बोल्दै नबोल्ने लोकमान सिंह कार्की फेसबुकबाट आफ्नो रणनीति सार्वजनिक गरेका छन्।
लोकमानले आफूमाथिको महाभियोगको डटेर सामना गर्न तैयार रहेको र लुते भएर नभाग्ने बताएर सबैको मुटुमा ढ्याङ्ग्रो ठोकिदिएका छन्। संसदमा महाभियोग प्रस्ताव मतदानमा आयो भने लोकमानले सांसदको रोष्टममा उभिएर दिने सफाई नेपालको इतिहासमा अनौठो घटना त हुन्छ नै हाम्रा शासक, प्रशासकका भ्रष्टाचार बहीखाता नै प्रमाण सहित उनले खोलिदिनेछन्। जुन नेपालको राजनीतिक र लोकतान्त्रिक इतिहासमै कालोपन्नाका रुपमा दर्ता हुने निश्चित छ। सम्भवतः त्यही कारण हो कि महाभियोग प्रस्तावबारे संसदको कार्यसूचीमै स्थान पाइरहेको छैन। 
उनको अभिव्यक्ति सार्वजनिक भएपछि गर्जियो एक्लो लोकमान भनेर चर्चा भइरहेको छ।  निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले मुख खोलेका छन् र उनको कडा प्रतिवाद गर्ने तैयारी सार्वजनिक भएको छ। लोकमान भन्छन्– म भ्रष्टहरुविरुद्ध एक्लै उभिएको छु, उभिरहन्छु। भ्रष्टाचारीहरुको भण्डाफोर गरिरहन्छु, भ्रष्टाचारीहरुको प्रतिरोध गर्न सबैलाई आग्रह गर्दछु। अर्थात लोकमान सिंह कार्कीले मर्ता क्या नही कर्ता को दोबाटोमा उभिएको जनाउ दिएका छन्। लोकमान सिंहको फेसबुक भन्छ– अव लोकमान सिंह कार्कीले आफूमाथि संसदमा पेश भएको महाभियोगको परिणति जेसुकै भए पनि भ्रष्टाचारको षडयन्त्र च्यातचुत पारेर जनताका सामु देखाइदिन तैयारीमा छन् उनी। 
उनकै शव्दमा– संघर्षहरु जतिसुकै कठोर, चुनौतिपूर्ण र पिडादायक भएपनि पनि ती संघर्ष र संग्राम लड्न योग्य छन्। हरेक दुष्ट शक्ति विरुद्ध आवाज उठाउन र संघर्ष गर्न मानिस जन्मेको हुन्छ, दुष्टहरुको षड्यन्त्रमा भन्दा असल मानिसको आवाजमा बढि शक्ति हुन्छ भन्ने यथार्थ कसैले भुल्नुहुन्न। यदि मेरा लागि म आफैाले बोलिन भने कसले मेरा लागि बोलिदेला? यदि मैले नै गलतलाई गलत र सहिलाई सहि भन्न सकिन भने कसबाट यो अपेक्षा गर्न सकिएला? 
लोकमानको सन्देश यस्तो छ– 
भ्रष्टाचार सदियौंदेखि एउटा अकाट्य विश्वव्यापी सत्यको रुपमा रहेको छ। यसले कुनैपनि राष्ट्र र समाजको विकासमा प्रत्यक्ष नकारात्मक प्रभाव मात्र पारेको हुंदैन, यसबाट समाजमा अनेकौं अदृष्य प्रतिकुल प्रभावहरु समेत पुगेको हुन्छ। भ्रष्टाचारबाट हरेक समाजमा असहाय र विपन्न समुदाय अकल्पनीय भेदभाव, शोषण र अन्यायको शिकार बनेका हुन्छन्। हाम्रो देशलाई समेत भ्रष्टाचारले आक्रान्त बनाएको छ र यसबाट आम मानिस बर्षौंदेखि प्रताडित भएका छन्। 
गरिबीको दुश्चक्रबाट बाहिर आउन नसक्ने हजारौं सेवाग्राहीहरुले समेत आफुलाई कानुनतः प्राप्त हुनुपर्ने आधारभुत सेवा प्राप्तिको लागि घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य अझैपनि हुन सकेको छैन र यो एउटा विडम्बना हो। यद्दपि भ्रष्टाचार भनेको केवल आर्थिक वा मौ155िक अपचलन मात्र होईन, यसले त जवाफदेहितामा हुने शुन्यता वा लापरबाहीलाई समेत जनाउादछ। कर्णाली अञ्चल लगायतका दुरदराजका विपन्न मानिसले दुई छाक टार्न समेत नसकि रित्तो पेट लिएर बााच्नुपर्ने अवस्था आज पनि विद्यमान छ।  
यसबाट समग्र राज्य सञ्चालन र सम्बन्धित निकायको जिम्मेवारी बहनमा गम्भिर समस्या र त्रुटी भएको स्पष्ट हुन्छ। हाम्रा सन्दर्भमा नितिगत भ्रष्टाचार दिनहुा मौलाउादै गएको छ र  नितिगत भ्रष्टाचारबाट हाम्रो आर्थिक सामाजिक बिकास अत्यन्तै प्रभावित भएको छ। यद्दपि भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरुबाट ईमान्दार प्रयत्न भएमा प्रभावकारी नियन्त्रण गर्न सकिन्छ।  
आज हामीले मनन गर्नैपर्छ कि भ्रष्टाचार जस्तो रोगको अन्त्यको लागि प्रत्येक जिम्मेवार संस्था र व्यक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। हरेक दुष्ट शक्ति विरुद्ध आवाज उठाउन र संघर्ष गर्न हामी जन्मेका हौं र दुष्टहरुको षड्यन्त्रमा भन्दा असल मानिसको आवाजमा बडि शक्ति हुन्छ भन्ने यथार्थ हामीले भुल्नु हुादैन। 'यदि मेरा लागि म आफैाले बोलिन भने कसले मेरा लागि बोलिदेला? यदि मैले नै गलतलाई गलत र सहिलाई सहि भन्न सकिन भने कसबाट यो अपेक्षा गर्न सकिएला?' हामि सबैले एक पटक यो यथार्थलाई मनन् गर्नैपर्छ। 
आजको अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको यस बिशिष्ट दिनमा भ्रष्टहरुका हरेक भ्रष्ट कार्यको भण्डाफोर गर्दै प्रतिरोध गर्न हामी सबैले साहास जुटाऔं भनी सम्पूर्ण नेपालीजनमा आव्हान गर्दछु। संगठित भ्रष्टहरुको प्रतिवादरहित भ्रष्ट महत्वाकांक्षा विरुद्द आज म एक्लै ठिङ्ग उभिएको छु किनभने मलाई थाहा छ कतिपय संघर्षहरु जतिसुकै कठोर, चुनौतिपूर्ण र पिडादायक किन नहुन् ति संघर्ष र संग्राम लड्न योग्य हुन्छन्।