Advertisement Banner
Advertisement Banner

०४ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

०४ आइतबार , आश्विन २०८३४ घण्टा अगाडि

डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

दिनेश महर्जन-------------

डायनामिक बचत तथा ऋण सहकारी संस्था लि. पुल्चोक ललितपुरको १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन मिति २०८३ असोज ३ गते शनिवार सम्पन्न भयो । संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद श्रेष्ठको सभापतित्वमा शुभारम्भ भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष श्री रवि शंकर श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८३/०८४ को लागि प्रस्तावित कार्य योजनाआ.व.२०८२/०८३ को आर्थिक प्रतिवेदन तथा आ.व. २०८३/०८४ को अनुमानित आयव्यय विवरणलेखा सुपरीवेक्षण समितिको आ.व. २०८२/०६३ को प्रतिवेदन संस्थाका सचिव श्री नरेन्द्र शाक्य र लेखा सुपरीवेक्षण समितिका संयोजक श्री शंकर प्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरुका साथै सो साधारण सभामा विषयगत छलफल गरी सर्वसम्मतबाट पारित गरिएको थियो । सो सभामा संस्थाका सञ्चालक समितिका पूर्व अध्यक्ष श्री राजेन्द्र शाक्य तथा सदस्य श्री सुरेन्द्र शाक्यले आ-आफ्नो धारणा राख्नु भएको थियो । साथै संस्थाको १८ औं वार्षिक साधारण सभाका सभापति एवं सञ्चालक समितिका अध्यक्ष श्री पुष्प प्रसाद श्रेष्ठले देशमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको वर्तमान अवस्था र यस डायनामिक साकोसको भावी रणनीति तथा कार्य योजना बारे प्रकाश पार्नु भयो । साथै यस संस्था वागमति प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमति प्रोस्कुन) ले सञ्चालन गरेको COSIS (Cooperatives Self-regulation program for Organizational Sustainability and Institunalized Services) 'कोसिसकार्यक्रममा आवद्ध भै संस्था सञ्चालनको लागि प्राप्त स्वःनियमहरुको अवलम्वन गरिरहेको जानकारी दिनु भयो ।

यस १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नयाँ पदाधिकारी एवं सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । सात सदस्यीय सञ्चालक समितिमा श्री पुष्प प्रसाद श्रेष्ठश्री रवि शंकर श्रेष्ठश्री शंकर प्रसाद श्रेष्ठश्री यशोदा श्रेष्ठ क्रमशः अध्यक्षउपाध्यक्षसचिव तथा कोषाध्यक्ष र सदस्यहरुमा श्री नरेन्द्र शाक्यशिव श्रेष्ठ र रुद्र कुमारी बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यसै गरी लेखा सुपरीक्षेण समितिमा श्री निर्मल कुमार बरालरेखा श्रेष्ठ र विशाल शाक्य क्रमश संयोजक तथा सदस्यहरुमा निर्विरोध निर्वाचित भएका छन्  ।