Advertisement Banner
Advertisement Banner

०४ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागू औषधको महामारी

०४ आइतबार , आश्विन २०८३८ घण्टा अगाडि

लागू औषधको महामारी

१ हजार ४ सय ५४ किलोग्राम गाँजा सहित एक जना पक्राउ
सुनसरी, ३ असोज । इनरूवा नगरपालिका १० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने ३० वर्षीय राम बहादुर यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को १ च ८२७९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको ४७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
काठमाडौं, ३ असोज । कैलाली, जानकी गाउँपालिका ७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    धनकुटा, धनकुटा नगरपालिका ६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका ८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४ ट्याब्लेट र स्पास्पेन २ सय ४ ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
    बझाङ, बित्थडचिर गाउँपालिका ८ रूपैलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९९ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका १ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका ११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको गरेको सु।प।प्र।०४ ००१ ज ००८९ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक नरेन्द्र र जीपमा सवार सिंगलाई पक्राउ गरेको हो ।
    झापा, दमक नगरपालिका ५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    यसैगरी झापा, मेचीनगर नगरपालिका(७ ग्रामथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४४ वर्षीय नारायण किसानको घरबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात नारायणको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ३० मिलिग्राम फेला पारी नारायणलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
    धनुषा, धनुषाधाम नगरपालिका ८ धारापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय १० मिलिग्राम सहित सिराहा बरियारपट्टी गाउँपालिका २ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    ललितपुर, ललितपुर महानगरपालिका ६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६० ट्याब्लेट र नाइट्राजेपाम १ सय ४५ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका(४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका १७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका २ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    सिराहा, गोलबजार नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित नरहा गाउँपालिका ३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    बारा, जीतपुरसिमरा उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ८० ग्राम सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना २ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो ।
    यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका ३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ डुमरवाना बस्ने ३७ वर्षीय नितेश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले प्र २ ०३ ०१९ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    कास्की, अन्नपूर्ण गाउँपालिका ३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम ९७ ट्याब्लेट र टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    यसैगरी कास्की, पोखरा महानगरपालिका(५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय एम्पुल, बुप्रेनोर्फिन ६ सय एम्पुल, फेनारगन ६ सय १३ एम्पुल र टापेन्टाडोल ९ सय ९८ ट्याब्लेट सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका ६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका १ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका ३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा।प्र।०१ ०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  
    महोत्तरी, बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९६ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका २ खरी ढुङ्गा बस्ने २६ वर्षीय रोशन भुजेल र मकवानपुर मनहरी गाउँपालिका ७ बस्ने ३६ वर्षीय बिरेन्द्र स्याङ्बो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा ५ च ८००१ नम्बरको पिकअप गाडी जाँच गर्दा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र उक्त गाँजा ओसारपसारमा संलग्न रहेका प्र ३ ०३ ००१ प ३५२८ नम्बरको मोटरसाइकलमा सवार बिरेन्द्रलाई पक्राउ गरेको हो ।