Advertisement Banner
Advertisement Banner

०३ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मुगु बुका खोलाको दुःख

०३ शनिबार , आश्विन २०८३४ घण्टा अगाडि

मुगु बुका खोलाको दुःख

भाषणमा विकास, व्यवहारमा विनाश: बुका खोलाको यो दृश्यले कहिले बिझाउला मुगुका नेताहरूलाई?

रतन बहादुर रावल, मुगु।

भनिन्छ, तस्बिर आफैं बोल्छ। तर मुगुको बुका खोलाबाट सार्वजनिक भएको एउटा हृदयविदारक दृश्यले भने देशको राजनीतिक नेतृत्व र विकासको खोक्रो नारालाई गिज्याइरहेको छ। विगत दुई महिनादेखि अवरुद्ध सडक, भत्किएको जोखिमपूर्ण बाटो, र त्यही ज्यान हत्केलामा राखेर स्टेचरमा बोकिएका बिरामी— यो कुनै चलचित्रको दृश्य होइन, मुगुका आम नागरिकले दैनिक भोग्दै आएको कठोर यथार्थ हो।वर्षातका कारण झ्यारी–गमगढी र गमगढी–छाइल जस्ता मुख्य सडक खण्डहरू महिनौंदेखि ठप्प हुँदा पनि स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरू मौन छन्। 

सडक अवरुद्ध हुँदा एकातिर खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्धि चुलिएको छ भने, अर्कोतिर स्वास्थ्योपचारका लागि अस्पताल जानुपर्ने बिरामीहरू समयमै पुग्न नपाएर छटपटिनु परेको छ।जनताको प्रश्नस् जिम्मेवारी कसको होरुचुनावका बेला चिल्ला गाडीमा आएर ुगाउँ(गाउँमा सिंहदरबारु र ुघर(घरमा विकासु को भाषण छाँट्ने नेताहरू आज जनता यस्तो अमानवीय पीडा भोगिरहँदा कहाँ छन्रु बुका खोलाको यो जोखिमपूर्ण बाटोमा बिरामी बोकेर हिँड्नुपर्ने बाध्यताको जिम्मेवारी कसले लिनेरुस्थानीय बासिन्दाहरू भन्छन्, ूहामीलाई चुनावका बेला दिइने आश्वासन र भाषण चाहिएको होइन, हामीलाई तत्काल आवतजावत गर्न मिल्ने सुरक्षित बाटो चाहिएको छ। बिरामी हुँदा अस्पतालसम्म पुग्न पाउने न्यूनतम मानवीय अधिकारबाट पनि हामीलाई कहिलेसम्म बञ्चित राखिन्छ . 

सडक डिभिजन र सरकारको लाचारीसडक खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय र प्रदेश सरकारले देखाएको उदासीनताप्रति स्थानीय नागरिक आक्रोशित छन्। सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि सडक मर्मत र वैकल्पिक व्यवस्थाका लागि कुनै प्रभावकारी पहल हुन सकेको छैन।नेताज्यूहरू, भाषण र सस्तो आश्वासनको राजनीति धेरै भयो। बुका खोलाको यो तस्बिरलाई एकपटक नियालेर हेर्नुहोस् र  कुर्सीमा बसेर मुगुका जनताको यो क्रन्दन सुन्नुहोस्। अब भाषण होइन, बुका खोलामा तत्काल सुरक्षित सडक र दिगो समाधान चाहिएको छ१