
नाग्म-गमगढी सडक खुलाउन श्रमदानको नेतृत्व गर्दै मुगुका नगरप्रमुख भाम। रतन बहादुर रावल मुगु- हप्तौँ दिनदेखि अवरुद्ध मुगु जिल्लाको कहालीलाग्दो नाग्म-गमगढी सडक खुलाउन छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भाम आफैँ श्रमदानमा होमिनुभएको छ। बर्खा यामको भेल र सम्भावित जोखिमको प्रवाह नगरी उहाँ जनताको सेवाका लागि अहोरात्र खटिनुभएको हो।सडक डिभिजनको उदासीनतापछि स्वतःस्फूर्त अभियान म नाग्म-गमगढी सडक खण्ड लामो समयदेखि ठप्प हुँदा मुगुवासीले चरम सास्ती भोग्दै आएका छन्।
सडक खुलाउन जुम्ला सडक डिभिजन कार्यालयलाई पटक-पटक हारगुहार गर्दा पनि "कहिले भारी वर्षा भयो" त "कहिले मेसिन अपुग भयो" भन्दै आलटाल गरेपछि नगरप्रमुख भाम आफैँ कार्यक्षेत्रमा ओर्लिनुभएको हो। सरकारी निकायको उदासीनताका विरुद्ध जनतालाई राहत दिन उहाँकै नेतृत्वमा स्वतःस्फूर्त श्रमदान अभियान सुरु भएको छ।सुरक्षा निकाय र स्थानीयको बलियो साथज्यानको बाजी राखेर सडक खुलाउने यो महाअभियानमा नगरप्रमुख भामलाई नगर प्रहरी, सशस्त्र प्रहरी बल (APF) र स्थानीय बासिन्दाहरूको टोलीले बलियो साथ दिएको छ। दुखदको कुरा त के छ भने सडक तलपट्टि ग्यामिन हाल्दै गर्दा माथिबाट पहिरोमा परी नगर प्रमुख भामको खुट्टामा चोट लागेको छ।
अहिले जिल्ला अस्पताल मुगुमा उपचार गराइरहेका नगरप्रमुख भामले केहीबेर अघि मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा आफू अहिले जिल्ला अस्पताल मुगुमा उपचार गराइरहेको जानकारी गराउनुभएको छ। बर्खाको हिलो र भेलको बीचमा यो टोलीले भाँसिएका सडकका खाल्डाखुल्डी पुर्ने तथा पहिरो नियन्त्रणका लागि ग्याबियन जाली भर्ने काम निरन्तर गरिरहेको छ।श्रमदानबाटै विकासको नयाँ मोडलनगरप्रमुख भाम मुगुमा श्रमदान र सामाजिक कार्यका पर्याय मानिनुहुन्छ। उहाँले यसअघि पनि श्रमदानकै माध्यमबाट जनताको हितका लागि थुप्रै कामहरू गरिसक्नुभएको छ, जसमा:पाटी-पौवा र प्रतीक्षालय निर्माणखानेपानीका धारा वितरण र व्यवस्थापनबाटोघाटो तथा पुलपुलेसाहरूको मर्मत एवं निर्माणरातदिन नभनी जनताको सेवकका रूपमा खटिने यस्ता जनप्रतिनिधि र स्थानीय टोलीको यो साहसिक कदमको अहिले सर्वत्र प्रशंसा भइरहेको छ।


