
ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व एवं विशिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि आयोजना हुँदै आईरहेको ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ मा पब्लिक च्वाइस समेत गरी गीत-सङ्गीत एवं चलचित्र क्षेत्रका कूल २४ विधाका सर्जकरकलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।
समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामा ‘जीवन साधना सम्मान’ बाट एवं वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डे ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित भएका थिए भने गीत(सङ्गीत एवं चलचित्र क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने अन्य १२ जना सर्जक एवं कलाकारहरुलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । समारोहमा अवार्ड जुरी सदस्यका रुपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकाररसङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशकरकलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेको कुरा जानकारी गराईएको थियो । कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिईन् भने अतिथिहरुको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिईन् । समारोहमा जुरी सदस्यहरुका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जकरकलाकार हस्त लिबाङ, गीतकार डी. आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, सञ्चारकर्मीहरु माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ आदि अतिथिका रुपमा उपस्थित रहेका थिए ।
कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा।वि।, एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए भने सपोर्टर संस्थाहरुमा बुन्चट कलेक्शन र सेवा रेकर्डिङ रहेका थिए । यसैगरी इन्टरनेट पार्टनरमा डिस होम रहेको थियो भने रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेका थिए ।
सम्मानित व्यक्ति र विधा:
१० सङ्गीत जीवन साधना सम्मान : दीपक खरेल
२० सङ्गीत जीवन साधना सम्मान : वुद्धवीर लामा
३० विशिष्ट गायन रत्न सम्मान : आनन्द कार्की
४० विशिष्ट गायन रत्न सम्मान : प्रदीपराज पाण्डे
५० विशिष्ट चलचित्रकर्मी सम्मान स् निखिल उप्रेती
६० विशिष्ट चलचित्रकर्मी सम्मान: सन्चिता लुइँटेल
७० विशिष्ट चलचित्रकर्मी सम्मान : पूजना प्रधान गुरुङ
८० गायक तथा संगीतकार सम्मान : अशोक मुकारुङ
९० चलचित्रकर्मी सम्मान : किशोर झा
१०० गायक सम्मान : पुष्कर सुनुवार
११० गायक तथा संगीतकार सम्मान : चित्र आठपहरिया
१२० ट्याटु कलाकार सम्मान : सुनिता कुँवर
१३० सम्मान : प्रशान्त पाराङदेन लिम्बू
१४० सम्मान : कविता राई
१५० निर्माता सम्मान : श्रीकृष्ण बिष्ट
१६० गायक सम्मान : निमा शेर्पा
अवार्ड पाउनेहरुको नाम र विधा:
१० सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत – यो देशले तिम्रो
२० सर्वोत्कृष्ट भजन गायक – मोतिराज खनाल
३० सर्वोत्कृष्ट गीतकार – चन्द्र जयपाल राई
४० सर्वोत्कृष्ट पप गायिका – तपस्या राई
५० सर्वोत्कृष्ट पुरुष मोडेल – ज्ञानदिप सुवेदी
६० सर्वोत्कृष्ट लोक गायक – सोम गुरुङ
७० सर्वोत्कृष्ट सङ्गीतकार – सुरेश राई
८० सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक – किशोर सुब्बा
९० सर्वोत्कृष्ट आधुनिक गायक – मेघराज रानोहन्छा
१०० सर्वोत्कृष्ट लोक आधुनिक गायिका – सुनिता राई
११० सर्वोत्कृष्ट युगल गायिका – मेनुका राई
१२० सर्वोत्कृष्ट आधुनिक गीतकार – कुमार केरुङ
१३० सर्वोत्कृष्ट लिम्बू पालाम गायक – भीमकुमार तुम्बापो
१४० सर्वोत्कृष्ट भिडिओ सम्पादक – मोहन सुनुवार
१५० सर्वोत्कृष्ट लोक पूर्वेली गायिका – सुमी चाम्लिङ राई
१६० तीज गीत – स्वेता कार्की
१७० लोक युगल निर्देशक – शिवजी क्षेत्री
१८ ० वर्षका उत्कृष्ट चलचित्र निर्देशक – हस्त बहादुर लिबाङ लिम्बू
जनमत (पब्लिक च्वाइस) अवार्ड पाउनेहरुको नाम र विधा :
१० सर्वोत्कृष्ट युगल गायक : बबिना किराँती र सुमन राई
२० सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत : टेकबहादुर
३० सर्वोत्कृष्ट गीतकार : मीरा देवी राई
४० सर्वोत्कृष्ट पप गायिका : सरगम राई
५ ० सर्वोत्कृष्ट लोक गायक : रामचन्द्र चन्द
६० सर्वोत्कृष्ट भिडिओ निर्देशक : कुबेर तामाङ


