Advertisement Banner
Advertisement Banner

१० शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

उद्धार लगायतका कार्यमा सहयोग गरौं

२० शनिबार , भाद्र २०८३२१ दिन अगाडि

छिमेकी मित्र राष्ट्र चीनमा हिमताल फुटेर आएको बाढी हिजो बिहान नेपालको सीमावर्ती भोटेकोसी नदीमा प्रवेश गरी रसुवा,  नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुर्‍याएको जनधनको अकल्पनीय क्षतिबाट हामी स्तब्ध हुन पुगेका छौँ ।

अप्रत्याशित रूपमा आएको यस बाढीले सम्पूर्ण नेपालीलाई शोकमग्न बनाएको छ । यस घडीमा हामी उक्त घटनामा परेर ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, घाइते हुनुहुनेहरू सबैको  शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं ।

यो समय राष्ट्रिय शोकको समय हो । त्यसैले अहिले सम्पूर्ण नेपाली आपतविपतमा परेकाहरूको उद्धार र सहयोगका लागि एकजूट भएर लाग्नुपर्छ । हामी सिर्जनकर्मीहरू राष्ट्रिय शोकको यस घडीमा सरकार र निजीक्षेत्रबाट भइरहेका वा हुने   सहयोगप्रति ऐक्यबद्धतासमेत प्रकट गर्छौं । साथै, विपतबाट नआत्तिई अत्यन्त धैर्यका साथ  आआफ्नो ठाउँबाट उद्धार लगायतका कार्यमा सहयोग गर्न सबैमा हार्दिक आह्वान पनि गर्दछौं ।

रोचक घिमिरे
अध्यक्ष 
रमेश विकल साहित्य प्रतिष्ठान

राधेश्याम लेकाली
अध्यक्ष
साहित्यिक पत्रकार संघ
शंकर लामिछाने प्रतिष्ठान

श्रीओम श्रेष्ठ ूरोदनू
अध्यक्ष
नेपाल स्रष्टा समाज

कालीप्रसाद रिजाल 
अध्यक्ष 
वासु शशी स्मृति परिषद्

विश्वविमोहन श्रेष्ठ 
अध्यक्ष 
एपेक नेपाल

मोमिला 
अध्यक्ष 
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

जलेश्वरी श्रेष्ठ
अध्यक्ष
गुन्जन

रामकाजी कोने
अध्यक्ष 
नेपाल मुक्तक प्रतिष्ठान

शङ्कर भारती
अध्यक्ष 
उपन्यास समाज नेपाल

गोविन्द घिमिरे वेदमणि 
अध्यक्ष 
अभिनव साहित्य समाज

बाजुराम पौडेल 
अध्यक्ष 
सुरभि साहित्य प्रतिष्ठान

विजयध्वज थापा 
अध्यक्ष 
लीलाध्वज थापा साहित्य प्रतिष्ठान

रामप्रसाद पन्त
अध्यक्ष 
दायित्व वाङ्मय प्रतिष्ठान

वसन्त वित्यासी थापा 
अध्यक्ष 
गीतकार संघ नेपाल

विनोद नेपाल 
अध्यक्ष 
भूगोल साहित्य समाज

छविरमण सिलवाल 
अध्यक्ष 
सुनकोशी वाङ्मय प्रतिष्ठान

विजयराज आचार्य 
अध्यक्ष
नेपाल बालसाहित्य समाज

तुलसीहरि कोइराला 
अध्यक्ष 
लघुकथा समाज


राधेश्याम लेकाली
संयोजक, संस्था समन्वय समिति 
मिति स् २०८३ भदौ ११