Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संशोधनको विपक्षीलाई सेक्स अफर

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

पाउला साउलिनो, इटलीकी ख्यातिप्राप्त कलाकार, नायिका। यी नायीकाले संविधान संशोधनको विपक्षमा मत हाल्नेलाई सेक्स अफर गरेर चर्चित बनेकी छिन्। यो चर्चा यतिखेर नेपालको अवरुद्ध संसदभित्र निकै बाक्लिएर गएको छ। नेपालमा पनि यस्ता नायिका देखिन्छन् कि भनेर संसद जाने र हाँसेर फर्कने गर्छन् सांसदहरु। संसदको अर्को वैठक भोलि १ बजे छ, भोलि पनि एमालेले अवरुद्ध गर्नेछ र सांसदहरु यसरी नै हल्लिएर, हाँसेर फर्कनेछन्। नेपालमा बादी प्रतिवादी, इटलीमा पनि पक्ष र विपक्ष। दुबै मुलुकमा संविधान संशोधनको रन्को। इटलीमा नायिका पनि संविधान संशोधनको विपक्षमा उभिइन् र भनिन्– विपक्षमा मत देउ, मसँग सेक्स गर।