Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सेकुवा बाई किलोद्वारा बाढीपीडितका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग

१९ शुक्रबार , भाद्र २०८३२१ दिन अगाडि

सेकुवा बाई किलोद्वारा बाढीपीडितका लागि 
रु. २० लाख ११ हजार १ सय ११ सहयोग

काठमाडौं: लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले हालैको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।

सेकुवा बाई किलोले भदौ १६ गते (सेप्टेम्बर १) आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै आउटलेटको १०० प्रतिशत बिक्री रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो।

त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यहरूले प्रत्येक रु. १ लाख योगदान गरेका थिए।

संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

बाढीपीडितको राहतका लागि सेकुवा बाई किलोले गरेको यो योगदानमा ग्राहक, कर्मचारी र व्यवस्थापन सबैको सहभागिता रहेको छ।