Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जना पक्राउ

१२ शुक्रबार , भाद्र २०८३५ घण्टा अगाडि

ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जना पक्राउ

काठमाडौं, ११ भदौ, कैलाली, टीकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका २ अस्नेरी बस्ने ३१ वर्षीय राजेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
झापा, झापा गाउँपालिका १ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७६ मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका २ बस्ने ३२ वर्षीय शंकर मलिक र २५ वर्षीय गणेश राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १ ०१ ००१ प ७५०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।