
नवलपरासीको हुप्सेकोट पालिका ५ स्थित धौवादीमा रहेको फलाम खानी उत्खनन् हुनेभएको छ । धौवादी फलाम कम्पनीले ९ करोड ६० लाख धाउ निकाल्ने योजना बनाएर खानी तथा भूगर्भ विभागमा बुझाएको छ ।
जमिनमुनीको फलामको समेत उत्खनन् रिपोर्ट सहित आएको निवेदनमा खानी विभागले अझै पलाम कम्पनीलाई अनुमति दिइसकेको छैन । अनुमति पाएपछि उत्खनन् र भण्डारण तथा थप अनुसनधान अघि बढाउने कम्पनीले जानकारी दिएको छ । यो उद्योग यति महत्वपूर्ण छ कि देशको खपतको २५ प्रतिशत फलाम आपूर्ति यही कम्पनीबाट हुनसक्छ । रोजगारको सिर्जना हुने, अर्थतन्त्रमा मद्दत पुग्ने यति महत्वपूर्ण उद्योगलाई अनुमति दिन पुरानै शैली अपनाएर किन ढिलासुस्ती भइरहेको छ, यो भने आश्चर्यपूर्ण रहेको छ ।


