
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा गत सोमवार आयोजना गरिएको ‘हेमबहादुर मल्ल सम्मान समारोह’ २०८१ बाट धुलिखेल अस्पतालका अध्यष डा.रामकष्ठ माकजु श्रष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललई सम्मानित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वहाँहरु दुबैलाई नगद रु दुई लाख र सम्मानपत्रबाट सम्मानित गर्नु भएको हो ।
२०६० सालबाट प्रारम्भ गरिएको यस्तो सम्मान कार्यक्रमबाट पहिलो पटक श्री केदारभक्त माथेमालाई सम्मान गरिएको थियो । छनौट समिति गठन गरी प्रशासन, व्यवस्थापन, इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ, शिष्ठ व्यक्तिहरुमध्येबाट छनौट गरी यस्तो सम्मान दिइने गरिएको छ ।
२०८१ को छनौट समितिका संयोजक पूर्वसचिव कृष्ण ज्ञवाली, नीता पोख्रेल, शिवराम पोख्रेल, आमन्त्रितमा कृष्णहरि बास्कोटा, डा. दिलिपराम पौडेल, जमुना दंगाल रहनु भएको थियो । समारोहमा साल्ट ट्रेडिङका तर्फबाट प्रदीपलाल श्रेष्ठ, जनप्रशासन संघका मधुरमल आचार्यहरुले स्वागत मन्तव्य व्यक्ति गर्नु भएको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर मल्लसँग सम्बन्धित आफ्नो स्मरण सुनाउँदै सम्मानको महत्वका विषयमा विचार व्यक्त गर्नुभएको थियो । कुशल प्रशासक स्व.हेमबहादुर मल्लको २०५७ सालमा निधन भएको थियो ।
सो कार्यक्रम कर्पोरेसनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, पूर्वमुख्यसचिव लीलामणि पौड्याल, आत्मराम पाण्डे, कर्पोशन परिवार लगायतको सहभागिता थियो ।


