Advertisement Banner
Advertisement Banner

१० बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

लागूऔषधको महामारी फैलिदै

०९ मंगलबार , भाद्र २०८३७ घण्टा अगाडि

लागूऔषधको महामारी फैलिदै

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं, ९ भदौ  । काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका १४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा मिर्चैया नगरपालिका ३ ठेगाना भएका २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम सहित बिहीबार, मोरङ बेलवारी नगरपालिका १० ठेगाना भएका २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९ सय ५० मिलिग्राम सहित शुक्रबार र १७ वर्षीया किशोरीलाई ९८ ग्राम सहित शनिबार पक्राउ गरेको हो ।  
यसैगरी, काठमाडौं महानगरपालिका ७ कुमारी गालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय विकाश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेष्ट हाउसको १२३ नम्बरको कोठाबाट सिराहा अर्नामा गाउँपालिका(२ घर भएका ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरूङ्गा नगरपालिका ५ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय ४० मिलिग्राम र डिजिटल तराजु सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी काठमाडौं महानगरपालिका ३२ तिनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ६ सय मिलिग्राम र नगद २१ हजार रूपैयाँ सहित काठमाडौं महानगरपालिका ३२ तिनकुने गैरीगाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका १ घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, बराहक्षेत्र नगरपालिका ५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नाईट्रोसन ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका ५ हात्तीसार बस्ने ३० वर्षीय मनिराज राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    महोत्तरी, सोनमा गाउँपालिका १ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका(२ इनर्वा टोल बस्ने ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरी सोनमा गाउँपालिका(६ मगरथाना बस्ने ३६ वर्षीया उषा कुमारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश २ ०२ ००५ प ३२९४ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उषाको गौशाला नगरपालिका(४ पानी ट्याङ्की नजिक डेरा कोठाबाट गाँजा जस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । 
    जाजरकोट, नलगाड नगरपालिका ७ कालिमाटी बस्ने २२ वर्षीय नरेन्द्र सुनार र सोही नगरपालिका ५ बस्ने २२ वर्षीय पुनित शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ३९ हजार ९ सय ३५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार जाजरकोटामा थुनामा रहेका व्यक्तिलाई भेट्न आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
झापा, बिर्तामोड नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका ४ बस्ने २४ वर्षीय अरबस अनसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ट्याब्लेट सहित सिन्धुली दुधौली नगरपालिका ३ बस्ने २९ वर्षीय रोशन भुजेललाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले गाईघाटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९७१६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
दाङ, शान्तिनगर गाउँपालिका ४ गब्दुवा सुन्दर सामुदायिक वन जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका १ पाठक चोक बस्ने २७ वर्षीय रबिन भन्ने चुरामणी धिताललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, पथरी शनिश्चरे नगरपालिका १ अन्नपूर्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमित पौदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ८ कर कार्यालय नजिकै डेरा गरी बस्ने दैलेख नारायण नगरपालिका(८ घर भएका ३१ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
रूपन्देही, रोहिणी गाउँपालिका(३ धकधई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सरावल गाउँपालिका ४ ललितपुर बस्ने २१ वर्षीय दरपन यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, ९ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका ९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका ३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका(१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका १५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । 
पक्राउ मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ, करिनाले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, साजनले फिनल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, पेमाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र तोमकुमारीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुष्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं महानगरपालिका(३ बाट आइतबार तथा पेमालाई काठमाडौं महानगरपालिका १२ बाट र तोमकुमारीलाई काठमाडौं महानगरपालिका १५ बाट सोमबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।