Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

लागूऔषधको महामारी रोक्दै प्रहरी

०९ मंगलबार , भाद्र २०८३५ घण्टा अगाडि

लागूऔषधको महामारी रोक्दै प्रहरी

करिब ३ सय ६७ किलो गाँजा सहित तीन जना पक्राउ
काठमाडौं , ८ भदौ । उदयपुर, कटारी नगरपालिका ४ मरूवा खोला नजिकबाट अवैध लागूऔषध गाँजा १ सय ९९ किलो ३ सय २० ग्राम सहित कटारी नगरपालिका(४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना।७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । 
चितवन, राप्ती नगरपालिका(१० चिप्लेटीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका २ भिर्कुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका(७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवन राप्ती नगरपालिका १ पिप्ले बस्ने ३६ वर्षीय कर्ण बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा प्र ०३ ०१ ०२३ च ५८२८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।      
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, ८ भदौ । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया AYE THIDA AUNG  र २९ वर्षीया NAY THU REIN  रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  
    यसैगरी काठमाडौं महानगरपालिका ३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
    कपिलवस्तु, कृष्णनगर नगरपालिका(२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका ३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका ४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    पर्सा, छिपहरमाई गाउँपालिका ५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, कोशी गाउँपालिका ४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका ८ घर बताउने २८ वर्षीय चरन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    झापा, कचनकवल गाउँपालिका १ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका १ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका ४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी झापा, बिर्तामोड नगरपालिका ६ स्यालडांगी बस्ने ३४ वर्षीय पदम चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी, अस्थायी प्रहरी चौकी बुट्टाबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    कैलाली, धनगढी उपमहानगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
काठमाडौं, ८ भदौ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका ३ ठेगाना भएका बिमल राजवंशी पक्राउ परेका छन् । एनसिबि मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल फिर्ता ल्याइएको छ । 
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ वैशाख ३० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं, ८ भदौ  । काठमाडौं, कीर्तिपुर नगरपालिका ३ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ घर भएका २३ वर्षीय बिरेन्द्र टमटालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ रजौलबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय संजय मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडस्थित पुर्वेली मस्मस् कर्नर एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका १ बस्ने २७ वर्षीय देव साउद, सोही नगरपालिका ८ बस्ने २० वर्षीय अभिषेख चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका २ बस्ने २७ वर्षीय हेमराज पन्त रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका ६ माहानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम चुलाचुली नगरपालिका १ घर भएका २१ वर्षीय सन्जोक लुइटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा ३८ प २०२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।