
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, १ भदौ । झापा, बिर्तामोड नगरपालिका ६ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका ७ बस्ने २३ वर्षीय सलिन सेखलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे ८ प ४१०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बाह्रदशी गाउँपालिका(३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका १ ठेगाना भएका २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका ३ ठेगाना भएका २१ वर्षीय मनिष राजवंशी र २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका ७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका १० लठैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जितेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड र प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले सु प प्र ०१ ००८ प ५८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका १ ब्लक नम्बर २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिन रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका ९ मुलघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट, डाइक्लोमाइन २ सय ट्याब्लेट र स्पास्पेन १९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका ५ बालमन्दिर बस्ने २४ वर्षीय मन कुमार राई र २० वर्षीय बिजय राई रहेका छन् । प्रहरी चौकी मुलघाट धनकुटाबाट खटिएको प्रहरीले धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १ ०२ ०४४ प ३५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका ४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका ७ घर भएका १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दैलेख, नारायण नगरपालिका १ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित महावु गाउँपालिका ५ कासिकाँध बस्ने २७ वर्षीय सुरेन्द्र बहादुर शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
जाजरकोट, १ भदौ । भेरी नगरपालिका ११ जगतिपुरस्थित औषधि पसल गरी बस्ने दैलेख नारायण नगरपालिका २ घर भएका ३२ वर्षीय दिपक कुमार थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भेरी नगरपालिका ८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्री, सोही नगरपालिका ९ बस्ने २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन् । भेरी नगरपालिका १० नुवागाउँमा बिरेन्द्र समेतका व्यक्तिहरूले साउन २५ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिपकको नेपालगंज केयर सिटी अस्पतालमा उपचारको क्रममा साउन २८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
बर्दिया, १ भदौ, आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरूवा गाउँपालिका ५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, १ भदौ । महोत्तरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका ३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका ७ अस्नैया बस्ने २१ वर्षीय दिपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


