Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

गिरफ्तारीले सञ्चार तरङ्गित

०२ मंगलबार , भाद्र २०८३१० घण्टा अगाडि

गिरफ्तारीले सञ्चार तरङ्गित

काठमाडौँ । जनआस्थाका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाले सञ्चार जगत, कानूनी वृत्त र राजनीतिक वृत्तलाई समेत तरङ्गित पारेको छ । यो घटनाले पूर्ण प्रेस स्वतन्त्रता र संविधान प्रदत्त हकका विषयमा समेत गम्भीर बहस भइरहेको छ । सासद अमरकान्त चौधरीसँग जोडिएको एक युवतीको अन्तरङ्ग तस्बिर र समाचार सामाजिक सञ्जाल तथा छापामा प्रकाशित भएको विषयलाई लिएर जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिनु आपत्तिजनक थियो नै । त्यसमाथि हतियारधारी सुरक्षाकर्मीले श्रेष्ठको घर र कार्यालयमा छापा मारिनु र सञ्चार सामग्रीहरू जफत गरिनु आपत्तिजनक छ । किशोर श्रेष्ठमाथिको यो कारवाही वास्तवमा स्वतन्त्रता र संविधान प्रदत्त अधिकारको हननसमेत हो । यो घटनाले प्रेस र सरकारवीचको सम्बन्धलाई समेत शंकाको घेरामा पारेको छ । ती युवतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले सोही उजुरीको आधारमा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको हो । जबकि ती युवतीको फोटो पहिले नै फेसबुकमा प्रशारित भइसकेको दावी जनआस्थाको रहेको छ । सोमवार सर्वोच्चले हाजिर जमानीमा रिहा गरिदिएको छ ।