Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मुगुको पुलु बजारका पहिरो पीडितलाई राहत र सहयोग

३० शनिबार , श्रावण २०८३५ घण्टा अगाडि

मुगुको पुलु बजारका पहिरो पीडितलाई राहत र सहयोग

रतन बहादुर रावल मुगु--------------
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोबाट प्रभावित तथा जोखिममा परेका परिवारलाई मंगलबार एक औपचारिक कार्यक्रमका बीच राहत सामग्री वितरण गरिएको छ। महिला अधिकार केन्द्र मुगु र टेवा  को आर्थिक सहयोग एवं प्राविधिक समन्वय तथा मुगुम कार्मारोङ गाउँपालिकाको आयोजनामा सो राहत हस्तान्तरण  गरिएको महिला अधिकार केन्द्र मुगु अध्यक्ष सुखमाया शाहीले बताउनु भयो।

गत साउन ८ गते शुक्रबार राति आएको पहिरो को कारण पुलु बजारमा ठूलो भौतिक क्षति पुगेको थियो। सोही विपत घटनामा परी  छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउँ स्थायी घर भई हाल पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बढुवालका ३ वर्षीय छोरा रमेश बडुवालको दुःखद निधन भएको थियो।

पहिरोबाट प्रभावित बनेका मुगम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारका ९ घरपरिवारलाई तत्काल राहत स्वरूप प्रतिपरिवार लाई एक बोरा चामल,  दाल खाने तेल, र चिउरा लगायतका अत्यावश्यक खाद्य सामग्रीहरू उपलब्ध सँगै लत्ता कपडा फाइबर डसना सिरक खोल समेत उपलब्ध गराइ गराइएको छ।

विपद्को घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले पहिरोमा छोरा गुमाएका जगनाथ बडुवालको परिवारलाई खाद्यान्न र लत्ताकपडाका साथै नगद सहयोग समेत प्रदान गरिएको छ। महिला अधिकार केन्द्रकी अध्यक्ष शाहीले बताउनुभयो यसैगरी, पहिरोले पूर्ण रूपमा घर भत्किएर विस्थापित भएका पेमा छेन्जोक तोर्चे तामाङ र पेमा सांगे तामाङको परिवारलाई तत्काल रात काट्न सहज होस् भन्ने हेतुले एक–एक थान फाइबर तन्ना एक थान  ब्लाङ्केट वितरण गरिएको बताउनु भयो

विपद्को समयमा सरकारी तथा गैरसरकारी संस्थाहरूको यो सक्रियताले पीडित परिवारलाई ठूलो राहत मिलेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
भौगोलिक विकटता र एक दिनको पैदल यात्रा हिँडेर राहत सामग्री पीडितको घर आँगनमा पु¥याएपछि पीडित निकै खुसी भएका छन्। बर्खायाम म सडक राम्रो छैन अझ भनौँ हाम्रो गाउँपालिका त सडक सञ्जालमा पनि जोडिएको छैन। यस्तो कठिनाइका बावजुद पनि हाम्रै घर आगनमा राहत ल्याएर पुगेकोमा हार्दिक आभार व्यक्त समेत गरेका छन्।
सडक सञ्जालको १२ वर्षः कर्णालीको भेल र कडा चट्टानबीच सडक पुग्छ भन्ने अपेक्षामा उपल्लो मुगुबासी।

रतन बहादुर रावल 
विकट हिमाली जिल्ला मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएको करिब एक दशक भइसकेको छ। वि.सं. २०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गमगढी–नाग्मा सडकखण्डको औपचारिक उद्घाटन गरेपछि मुगुबासीमा विकासको नयाँ आशा पलाएको थियो। तर, सडक सञ्जाल खुलेको १२ वर्ष बितिसक्दा पनि उपल्लो मुगुको मुगुम कार्मारुङ गाउँपालिका म बसोबास गर्न जन्ताका लागि भने ’गाउँमै गाडी चढ्ने’ सपना अझै आकाशको फल जस्तै बनेको छ।

भौगोलिक विकटता, कडा चट्टान भूगोल कठोर पहाड र मुनि उर्लिरहेको कर्णाली नदीको भेलका कारण यस क्षेत्रको अवस्था अझै पनि दयनीय छ। मुगुम कार्मारुङ गाउँपालिकाका कैयौँ बस्तीहरू आजका दिनसम्म पनि सडक सञ्जालबाट पूर्ण रूपमा विमुख छन्। चीनको सिमाना जोड्ने सामरिक महत्त्वको रुप हेरिएको नाक्चेलाग्ना सडकको अवस्था पनि उस्तै जीर्ण र कष्टकर छ।

छाइल बजारसम्म गाडी, त्यहाँभन्दा माथि कठोर यात्रा
सडक विस्तारका क्रममा छाइल बजारसम्म गाडी पुगे पनि त्योभन्दा माथिल्लो क्षेत्रका बासिन्दाका लागि दुःखका दिन सकिएका छैनन्। छाइल बजारबाट माथिका गाउँहरूमा जान अझै पनि कैयौँ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामग्री, खाद्यान्न तथा आकस्मिक स्वास्थ्य सामग्री ढुवानीका लागि स्थानीयहरू अहिले पनि परम्परागत खच्चडकै भर पर्न विवश छन्। पिठ्युँमा भारी बोकेर कठोर यात्रा गर्नु यहाँका नागरिक को नियति नै बनेको छ।

अवरोध र अभावबीच काम जारी
तिब्बतको सिमानासम्म सडक पु¥याउने लक्ष्यका साथ निर्माण कार्य भने ठप्प भएको छैन। तर, कडा चट्टान फोर्नुपर्ने प्राविधिक चुनौती, भौगोलिक संवेदनशीलता र बर्खायाममा हुने लगातारको बाढी–पहिरोले सडक निर्माणलाई कछुवाको गतिमा धकेलेको छ। बर्खामा बाटो अवरुद्ध हुने र मेसिनरी सामानका लागि इन्धन (तेल) आपूर्तिमा आउने निरन्तरको समस्याका बाबजुद पनि भिरपहरा खन्ने काम भइरहेको छ।

कहिले सम्म बन्ला सडक?
कडा चट्टान र कठोर यात्राको पर्खाइमा रहेका मुगुम कार्मारुङ गाउँपालिकाका स्थानीयहरूले “आफ्नै गाउँघरको आँगनमा कहिले गाडी देख्न पाइएला?“ भन्दै प्रश्न गरिरहेका छन्। राष्ट्रिय सडक पुगेको यति लामो समय भइसक्दा पनि राज्यको नजर उपल्लो मुगुको यो दुःखमा पर्न नसक्नु विडम्बनापूर्ण छ। कर्णालीको सुस्केरा र कडा चट्टानको बाधालाई चिर्दै उपल्लो मुगुमा कहिले सडकको उज्यालो पुग्छ, त्यो भने हेर्न बाँकी नै छ।