साइबर अपराध सम्बन्धी २० हजार ५२६ उजुरी
काठमाडौं, २८ साउन । इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाडौं कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे । यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई ठगी गर्ने काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे । यसैगरी ई(सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट घर भएका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परे ।
सुरेन्द्र, विवेक र शुभम त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाईन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत ९क्यगचअभ ऋयमभ० मा अनाधिकृत पहुँच पुर्याउने लगायतका विद्युतीय कसुरमा संलग्न अभियुक्तहरूलाई सीमित स्रोत साधनका वावजूद उपलव्ध प्रविधिको उच्चतम प्रयोग गर्दै कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय छ ।
गत आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १ सय ६१ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ५५ जना पक्राउ परेका थिए । दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुकरम्यासेन्जरको दुरूपयोगका ७ हजार १२३ वटा, टिकटकका ६ हजार ७ सय ७६ वटा, ह्याट्सएपका ३ हजार १०५ वटा, टेलिग्रामका १ हजार ३१ वटा, इन्स्ट्राग्रामका ६ सय २८ वटा, इमेलका १ सय १४ वटा, भाइबरका २१ वटा, इमोका ३८ वटा, युट्यूवका ६४ वटा, वीईच्याटका १४ वटा, ट्वीटरका ११ वटा, गुगलका ११ वटा, इसेवारखल्तीर बैंक एकाउण्टर एसएमसिएसका ७ सय ४४ वटा र संस्थातर्फ ८ सय ४६ वटा रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९२६ वटा र आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए ।
साइबर अपराधका हालको प्रवृत्तिको सम्बन्धमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी भन्नहुन्छ, ‘सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरूपयोग पनि बढेको छ । गत २ आर्थिक वर्षको उजुरीको प्रवृत्ति हेर्दा विशेष गरी बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै पीडितको बैंक एकाउन्टमा पहुँच पुर्याई ठगी गर्ने, गिफ्टरलोट्रीरपार्सल पठाएको भनी ठगी गर्ने, प्रेम सम्बन्धमा पारी ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, टेलिग्राम, ह्वाट्सएप, इन्स्टाग्रामहरूमा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने, अनलाइन सपिङ मार्फत ठगी गर्ने प्रवृत्तिमा वृद्धि भएको देखिन्छ ।’
प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो । ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धिका साथै आम नागरिकहरू माझ साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू संचालन गरी प्रविधिको प्रयोग गरी हुने अपराध रोकथाम तथा अनुसन्धानको लागि नेपाल प्रहरी सदैव सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।
लागूऔषध सहित दुई जना पक्राउ
कञ्चनपुर, २८ साउन । बेलडाँडी गाउँपालिका ३ बनपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम १० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका २ बस्ने २६ वर्षीय रोशन सार्की र ३० वर्षीय ठग्गु राम डगौरा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, २८ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका(२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


