Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अवैध लागूऔषध, ठगी गर्नेहरु पक्राउ

२८ बिहिबार , श्रावण २०८३१४ घण्टा अगाडि

अवैध लागूऔषध, ठगी गर्नेहरु पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने नुवाकोट विदुर नगरपालिका ५ घर भएका २२ वर्षीय सुशिल नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी काठमाडौं, टोखा नगरपालिका ९ दिपज्योती पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित काठमाडौं लोलाङ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ घर भएका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं महानगरपालिका ८ पशुपति पार्किङ नजिकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्राम सहित सोही महानगरपालिका ७ चावहिल बस्ने कास्की घर भएका २२ वर्षीय सन्दिप परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १८ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लुधियाना पञ्जाव घर भएका २६ वर्षीय रवि कुमार र ३६ वर्षीय सञ्जीव कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचर समेतबाट खटिएको प्रहरीले क्याथे प्यासेफिक एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित काठमाडौं तार्केश्वर शेषमती बस्ने दोलखा बैतेश्वर गाउँपालिका १ घर भएका २६ वर्षीय सुजन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, इटहरी उपमहानगरपालिका १७ लबिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित  सोही उपमहानगरपालिका २ बस्ने २९ वर्षीया भावना गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका ८ डेरा गरी बस्ने भारत घर भएका ३२ वर्षीय अवदेश सिंह समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका १७ बस्ने १९ वर्षीय राम बाबु चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को।१२ प ७९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १९ हरियालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका ११ बस्ने ३३ वर्षीय अमृत लिम्बु समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, इनरूवा नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका १७ बस्ने २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समिर कुमर र मोरङ उर्लाबारी नगरपालिका ६ घर भएका ३१ वर्षीय सुरज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, विराटनगर महानगरपालिका १६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका १४ बस्ने ३५ वर्षीय शंकर तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सर्लाही गोडैता नगरपालिका ४ बस्ने २५ वर्षीय सत्रुधन यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३ ००१ ख ३३०० नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
धनकुटा, शहिदभूमी गाउँपालिका २ कामीटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्‍रेष्ट १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ ३१ वर्षीय रबिन्द्र राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, भद्रपुर नगरपालिका ५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्राम सहित सोही नगरपालिका(३ गोलेचोक बस्ने २४ वर्षीय अभिषेक तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, दमक नगरपालिका २ बस्ने २९ वर्षीय सन्तोष थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम, नगद १४ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका ११ बस्ने ४० वर्षीया चन्द्रकला बिटालु समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कैलाली, धनगढी उपमहानगरपालिका ८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका ८ बस्ने बर्दगोरिया गाउँपालिका २ घर भएकी २० वर्षीया मनिषा चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जोशीपुर गाउँपालिका २ घर भएका २८ वर्षीय रामलाल डगौरा र सोही उपमहानगरपालिका ७ बस्ने २३ वर्षीय अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरीले रामलालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से ३ प ६२३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १२ कालागौडीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय धन सिंह कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धन सिंहले संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, २७ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा न्बतकदथ क्ष्लतभचलबतष्यलब िकन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका २ बस्ने महालक्ष्मी नगरपालिका १० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका ४ बस्ने गोरखा आरूघाट गाउँपालिका ५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् । 
    पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रतिकलाई रूपन्देही बुटवलबाट सोमबार, सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका(१० बाट र रमेशलाई काठमाडौं महानगरपालिका २६ बाट मंगलबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 
काठमाडौं, २७ साउन । प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका १ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
    नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकाली दिन्छु सेटिङ्ग मिलाउन १० लाख रकम लाग्ने भनि विश्वास दिलाई आफ्नो बैंक खातामा १० लाख रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(११ बबरमहलबाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।