Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

संगीता भण्डारी फर्किइन्, तीजमा ल्याइन् ‘रानीहार’

२७ बुधबार , श्रावण २०८३२ महिना अगाडि

संगीता भण्डारी फर्किइन्, तीजमा ल्याइन् ‘रानीहार’
  • उमेर होइन इच्छाशक्ति महत्त्वपूर्ण, ‘रानीहार’बाट फर्किइन् संगीता
  • २२ वर्षपछि सांगीतिक यात्रामा संगीता भण्डारी, तीज गीत ‘रानीहार’ सार्वजनिक

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्।

लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ।

विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्। गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘Dush Music’मार्फत सार्वजनिक गरिएको छ।

गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन्।