Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आधारभुत उद्घोषण तालिम समापन

२६ मंगलबार , श्रावण २०८३९ घण्टा अगाडि

आधारभुत उद्घोषण तालिम समापन

मिति २०८३ साउन २५, नेपालगञ्ज आधारभुत उद्घोषण तालिमको समापन भएको छ ।
बास नेपालको आयोजनामा साउन १८ गते देखि सञ्चालन भएको आधारभुत उद्घोषण तालिमको आज नेपालगञ्जमा समापन भएको छ ।
कार्यक्रममा ७ दिन सम्म तालिमबाट सिकेका कुराहरुको बारेमा सहभागी यामा केसी र रत्न बुढाले प्रतिक्रिया मन्तब्य राखेका थिए ।
आधारभुत उद्घोषण तालिममा प्रशिक्षक मन भण्डारी, हेमराज भट्ट, रबिन्द्र बोहोरा र लुना बुढाथोकीले प्रशिक्षण दिएका थिए ।
समापन सत्रका प्रमुख अथिति तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भनाई राख्दै तालिमबाट सहभागीहरुले उद्घोषणका आधारभुत तत्वहरु प्राप्त गरेकाले आफुले सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न अनुरोध गरे । जिवनमा सिक्ने कुराहरुको अन्त्य कहिले पनि नहुने भएकाले जिवन एक सिकाई हो भन्ने कुरा सबैले महशुष गर्नुपर्ने बताए ।
साउन १८ गते देखी सञ्चालन भएको उक्त तालिमका सहभागीहरुलाई कार्यक्रमका अध्यक्ष तथा अथितिहरुबाट प्रमाणपत्र बितरण गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सञ्चालन भएको तालिमको समापन सत्रको सञ्चालन आधारभुत उद्द्धोषण तालिमका सहभागी बबिता ढकालले सञ्चालन गरेकी थिईन् ।