
रतन बहादुर रावल, मुगु----------------
सङ्घर्ष, सामाजिक सेवा र दृढ इच्छाशक्ति भएका एक राजनीतिक तथा सामाजिक व्यक्तित्वको नाम हो—मुगुका का विष्णु कुमार भाम । हाल मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख रहेका भाम, जनताको मनमुटुमा बस्न सफल एक लोकप्रिय नेता र गरिब, दुखी एवं निमुखाहरूका भरपर्दो सारथी हुन् । जन्म र पारिवारिक पृष्ठभूमि विष्णु कुमार भामको जन्म वि.सं. २०४७ साल साउन ९ गते मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका अन्तर्गत पर्ने भामबाडामा भएको हो । बाजे तेज बहादुर भाम, बुवा प्रवेश भाम र आमा लालकलि भामको कोखबाट जन्मिएका भामको बाल्यकाल ग्रामीण परिवेशमा नै बित्यो । पारिवारिक संस्कार र ग्रामीण जीवनको भोगाइले उनलाई सानै उमेरदेखि समाजप्रति जिम्मेवार बन्न प्रेरित ग¥यो । थियो शिक्षाको यात्रा र सङ्घर्षउनको प्रारम्भिक शिक्षा मुगुको भारेकोटस्थित मीन माध्यमिक विद्यालयबाट सुरू भयो, जहाँ उनले कक्षा १ देखि ६ सम्मको अध्ययन पूरा गरे। त्यसपछि माध्यमिक तहको शिक्षाका लागि उनी बाँकेको नेपालगन्ज आए । नेपालगन्जको श्री धम्बोजी माध्यमिक विद्यालयमा उनले वि.सं. २०६२ सालमा कक्षा ८ र ९ को अध्ययन गरे । अन्ततः वि.सं. २०६४ सालमा मुगुको श्री महाकाली नमुना उच्च माध्यमिक विद्यालयबाट उनले दोस्रो श्रेणी (सेकेन्ड डिभिजन) मा एसएलसी उत्तीर्ण गरे । शिक्षा प्राप्तिसँगै उनले आफ्नो उच्च शिक्षाको यात्रा रारा बहुमुखी क्याम्पस, नाउर मुगुमा अगाडि बढाए । सामाजिक अभियानको नेतृत्वदायी सुरूवात विष्णु कुमार भामको सामाजिक यात्रा बाल्यकालदेखि नै सुरू भएको थियो । भामबाडाको वडा नम्बर ४ मा ’कर्णाली बाल क्लब’ स्थापना गरेर उनले आफ्नो पहिलो सामाजिक अभियानको पाइला चालेका थिए । त्यसपछि उनले गाउँघरमा विभिन्न उल्लेखनीय सुधारका कामहरू गरेःगाउँ सुधार र विकृति नियन्त्रण म गाउँको सरसफाइ, बालीनालीको रेखदेख देखि बालिनाले संरक्षणको लागि गाउँमा नोरालो समेत लागेर बालेनाले संरक्षण गरेका भाम , जाँडरक्सी नियन्त्रण र जुवातास बन्देज जस्ता सामाजिक सुधारका कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिय।वातावरण र वन संरक्षणः वि.सं. २०६८ देखि २०७२ सालसम्म (४ वर्ष) उनी सामुदायिक वनको अध्यक्ष बने । सो अवधिमा उनले व्यापक वृक्षारोपण, वन जङ्गलको रेखदेख र पर्यावरण संरक्षणमा ठुलो योगदान पु¥याए । पूर्वाधार र परोपकारः गाउँमा खानेपानीको व्यवस्थापन, बाढी–पहिरो नियन्त्रणका प्रयासहरू, विद्यालय भवन निर्माण, तथा यात्रीहरूका लागि पाटी–चौतारा बनाउने र बिरूवा रोप्ने जस्ता थुप्रै प्रशंसनीय कामहरू उनले जनस्तरमा गरे।राजनीतिक उदय र जनसेवासामाजिक अभियानबाट खारिएका भामले पछि राजनीतिक पद धारण गरे पछि पनि उनी मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुख बनिसकेपछि उनको सेवाको दायरा अझ फराकिलो बन्यो। पदमा पुगेपछि पनि उनमा कुनै अहंकार आएन, बरू उनी श्रमदानका माध्यमबाट हरेक शनिबार बिहान सबेरै उठेर काँधमा साबेल बिल्छा कोदालो समातेर लागिहाल्थे श्रमदानमा जनतासँगै जोडिए । यो शैलीले मुगुका जनताको मन जित्यो । समाजका गरिब, असहाय, दुखी र निमुखा वर्गका लागि उनी सधैँ सहारा बनेर उभिएका छन् । आज मुगुको हरेक बस्ती र नागरिकले उहाँको यो रूपलाई प्रष्टसँग चिनेका छन् र सम्मान गर्छन् । नगर प्रमुख विष्णु कुमार भामले गरेका यी जनमुखी र प्रशंसनीय कार्यहरूले उनलाई एउटा सच्चा जनप्रनिधिका रूपमा स्थापित गरेको छ । जनताको सुख–दुःखमा सधैँ साथ दिने उनको यो निष्ठा र निरन्तरको यात्रा अझ सशक्त बन्दै जाओस् ।
रतन बहादुर रावल
साउन २० मुगु
मुगुको गमगढी–नाक्चेलाग्ना सडकखण्डअन्तर्गत रहेको छायाँनाथ रारा नगरपालिका १ अल्का साँघु मोटरेबल पुल १८ महिनापछि सूचारू भएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि प्रयोगविहीन रहेको पुल जग्गा मुआब्जा विवाद समाधान भएपछि सञ्चालनमा आएको हो ।
पुल सूचारू भएसँगै छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौँ स्थानीयवासीलाई आवतजावतमा ठूलो राहत पुगेको छ । डिभिजन सडक कार्यालय, जुम्लाले करिब ८ करोड रूपैयाँको लागतमा निर्माण गरेको उक्त पुल निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।
पुलको पहुँचमार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनी धनबहादुर मल्लले आपत्ति जनाएपछि पुल प्रयोगमा रोक लागेको थियो । यसले करिब १८ महिनासम्म पुल सञ्चालन हुन सकेन । विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किँदा स्थानीयले वर्षायाममा जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य हुनुपरेको थियो ।
पुल बन्द हुँदा छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ का बासिन्दा तथा मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाने सर्वसाधारण, कर्मचारी, विद्यार्थी, बिरामी र व्यापारी सबै प्रभावित बनेका थिए। वर्षा लागेपछि खोला बढ्ने भएकाले आवतजावत झन् जोखिमपूर्ण हुने गरेको थियो । छायाँनाथ रारा नगरपालिकाले मुआब्जा व्यवस्थापनका लागि पहल गरेपछि विवाद समाधानतर्फ पुगेको हो । नगरपालिकाले जग्गा मुआब्जा उपलब्ध गराउने सहमति गरेपछि जग्गाधनी धनबहादुर मल्लले पनि पुल सञ्चालनमा सहयोग गर्ने सहमति जनाए ।
सहमतिपछि नगरप्रमुख विष्णुकुमार भामको नेतृत्वमा अल्का साँघु क्षेत्रमा डोजर परिचालन गरी सडकमा थुप्रिएको पहिरो, ढुंगा र माटो हटाउने तथा पुल जोड्ने पहुँचमार्ग खुलाउने काम सम्पन्न गरिएको थियो । त्यसपछि सञ्चालन सुरू भएको हो ।
पुल सुचारू भएसँगै गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकासम्मको सडक सञ्जाल सहज बनेको छ । स्थानीय उत्पादन बजारसम्म पु¥याउन, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा आपत्कालीन अवस्थामा बिरामी ओसारपसार गर्न पनि पुल सञ्चालनले सहज भएको छ ।
नगरप्रमुख भामले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न नगरपालिकाले आवश्यक समन्वय र पहल गरेको बताउँदै नागरिकले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने बताए । जग्गाधनी धनबहादुर मल्लको सहमतिपछि पुल सञ्चालनमा अवरोध नगर्ने, विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी सबै पालिकाले काम गरिदिए विकास निर्माण तीब्र गतिमा अघि बढ्ने थियो ।


