Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सामाजिक सदभाव गर्न बिष्णु गिरीको अपिल

१५ शुक्रबार , श्रावण २०८३१० घण्टा अगाडि

सामाजिक सदभाव गर्न  बिष्णु गिरीको अपिल

काठमाडौं । राष्ट्रिय सगितकर्मी संघ राजधानी बिषेस समितिका महासचिब बिष्णु गिरीले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न र देशका बिभिन्न ठाउँमा भएको घटनामा सामाजिक सदभाव कायम गरी संयमतापूर्वक संबाद गरी निश्कर्षमा पुग्न अपिल गरेका छन् ।
अधिवत्ता समेत रहेका गिरीले  पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न आग्रह गदै बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न आग्रह गदै अव मुलकले हिंसाको भार धान्न सक्ने अवस्था नरहेको बताए । महासचिब गिरीले सामाजिक सञ्जालमा अफवाह, उत्तेजक सामग्री वा द्वेष फैलाउने किसिमका पोष्ट तथा शेयर नगर्न आग्रह समेत गरेका छन् ।
महासचिब गिरीले सामाजिक सदभाव कायम गर्न कलाकर्मीहरु महत्वपूर्ण भूमिका रहेने बताउँदै सामाजिक सदभाव कायम गर्न राष्टिय तथा स्थानीय तहका कलाकर्मीहरुलाई समेत आवहान गरेका छन् ।
महासचिब गिरीले कलाकर्मी हरुले आ–आफ्नो  क्षेत्रमासद्भाव अभिवृद्धि, सहिष्णुता प्रवद्र्धन र स्थिति सामान्यीकरणका लागि समन्वयकारी भूमिका निर्वाह आग्रह गरेका छन् । गिरी यहि साउन २ गते भएको राष्ट्रिय सगितकर्मी संघ राजधानी बिषेस समिति चौथो महाधिबेसनबाट महासचिबमा निर्बाचीत भएका थिए ।