
४ सय ५४ किलो गाँजा सहित ट्रक, चालक पक्राउ
महोत्तरी, १३ साउन । बर्दिबास नगरपालिका ३ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५४ किलोग्राम सहित ललितपुर गोदावरी नगरपालिका ३ घर भएका २६ वर्षीय विश्व तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुली भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनि ट्रकलाई जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई लुकाई छिपाई राखेको ६० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक विश्वलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित २७ जना पक्राउ
काठमाडौं, १३ साउन । काठमाडौं महानगरपालिका ३१ शंखमुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ८ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं जम्बुडाँडा बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ८ घर भएका ३५ वर्षीय संजय तामाङ र काभ्रे बनेपा बस्ने ३० वर्षीय कदम लामा रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०२ ०४२ प ६१७३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका ५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बारा सिमरा घर भएका १९ वर्षीय मुना घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका ४ बझाङ्गी टोल बस्ने २५ वर्षीय सुरेन्द्र बहादुर धामी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम र नगद ३७ हजार १ सय ५० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका ३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका १ फलप फिगर होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ मिलिग्राम र नगद ६२ हजार ५ सय रूपैयाँ सहित ठुली भेरी नगरपालिका ८ बस्ने २५ वर्षीय संतोष भण्डारी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका १२ शितलपुर बस्ने २२ वर्षीय आकाश साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
चितवन, भरतपुर महानगरपालिका ७ त्रिचोक डेरा गरी बस्ने २२ वर्षीय सन्तोष गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, भोमिन २ सय ३८ ट्याब्लेट र नगद ६१ हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका १ पोखरा बसपार्क बस्ने धादिङ नेत्रवती डबजोङ गाउँपालिका(४ घर भएकी ३५ वर्षीय गौरी कुमारी गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १४ ट्याब्लेट, एनारगन १४ ट्याब्लेट र भोमिन ६ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले गौरीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने २२ वर्षीय निशान्त चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका ११ होल्डिङ्ग सेन्टरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३८ एम्पुल र प्रोमेथाजाइन ३४ एम्पुल सहित सोही नगरपालिका १८ कटान बस्ने ३१ वर्षीय प्रदिप नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म २ प ४२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रसुवा, उत्तरगया गाउँपालिका ५ बेत्रावतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४ ट्याब्लेट सहित कालिका गाउँपालिका ३ कटुन्जे बस्ने ३४ वर्षीय श्रीकृष्ण देवकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तेह्रथुम, म्याङलुङ नगरपालिका ७ जिरीखिम्ती बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट र डाइक्लोमाइन ४ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय सहनिवाज अलिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका ३ कत्लामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्राम
सहित भारत किशनगंज धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारूकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरीले बीआर ३७ एबि ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका १५ पाथीभरा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ७० ट्याब्लेट र डिकोलिक २ हजार ४५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका १५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका १४ छिनेडाँडास्थित होमस्टेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९३ मिलिग्राम र नगद २ लाख ८१ हजार ५ सय रूपैयाँ सहित भोजपुर घर भएका ३३ वर्षीय मनोज कुमार मग्राती समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले होमस्टे तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका २ अमृतगंजबाट अवैध लागूऔषध गाँजा १४ ग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अविनाश कुमार कुशवाहालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ छ । प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
ललितपुर,महालक्ष्मी नगरपालिका ३ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट र नगद ७ हजार ७ सय ५० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण खड्का, सोही नगरपालिका ४ बस्ने २५ वर्षीय सम्राट अधिकारी र ललितपुर महानगरपालिका २२ बस्ने ३१ वर्षीय आशिष कार्की रहेका छन् । प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा प्र ०२ ०१७ प ६७०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने ४ पक्राउ
काठमाडौं, १३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका(४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका(१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं महानगरपालिका ७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये गणेश बहादुरले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, झगेले युरोप पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ, कमलले अजरबैजना पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र शारदाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका(६ बाट र झगेलाई काठमाडौं महानगरपालिका २१ बाट सोमबार तथा कमललाई काठमाडौं महानगरपालिका १६ बाट र शारदालाई काठमाडौं महानगरपालिका ७ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


