Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

ब्राउनसुगर सहित तीन जना पक्राउ

११ सोमबार , श्रावण २०८३३ महिना अगाडि

ब्राउनसुगर सहित तीन जना पक्राउ

ब्राउनसुगर सहित तीन जना पक्राउ 
दाङ, ११ साउन । घोराही उपमहानगरपालिका १५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका १८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १ सय ७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।