Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

के भन्यो काठमाडौं प्रहरीले ?

१० आइतबार , श्रावण २०८३७ घण्टा अगाडि

के भन्यो काठमाडौं प्रहरीले ?

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकारहरुलाई निम्त्याएर भनेको छ– गत आवमा धेरै हदसम्म असामाजिक कृयाकलाप रोक्न प्रहरी सफल भएको छ । बरिष्ठ प्रहरी उपरीक्षक दीलिप घिमिरे र प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा भनेका छन्– प्रहरीको कल नम्बरमा गत आवमा ३४४७५३ चोरी कल गरेर गुनासो उजुरी दिएको मध्ये ३४४७५३ कलको संवोधन भएको छ । त्यसै गरेर भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बेला लुटिएका १८५ हतियार बरामद भएको र ५२ जनालाई पक्राउ गरिएको छ । गत आवमा सडक लगायतका अन्य स्थानमा २५२८ वटा विरोध प्रदर्शनहरु भएका थिए । जिल्ला प्रहरी काठमाडौंमा ११०८ मुद्दा दर्ता गरिएका थिए, ८५८१ जना कसुरदारलाई पक्राउ गरी मुद्दा चलाइएको छ । जेनजी आन्दोलनमा ध्वस्त बनाइएका प्रहरी संरचनाको ९७ रहेको थियो । 
पत्रकार सम्मेलनमा उठेका अनेक प्रश्नहरुको जवाफ दिइएको थियो ।