Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यस्तो पनि गणतन्त्र?

१३ सोमबार , मंसिर २०७३८ बर्ष अगाडि

४०५ निर्वाचित र ६०५ मनोनीत सांसद हुने गणतन्त्रलाई म प्रजातन्त्र नै मान्दिन ्र विदेशीले  जसलाई मन पर्यो प्रधानमन्त्री राख्छ र मन परेन फालि दिन्छ। यस्तो पनि गणतन्त्र हुन्छ? यहाँका नेता भ्रष्ट छन् र तिनीहरूले पैसा खाएर सांसद मनोनीत गरेका छन्। जनआन्दोलनमा राजतन्त्र हटाउने कसैको एजेन्डा र आन्दोलनको माग पनि थिएन। 
हाम्रो देशलाई खत्तम पार्ने खेल भइरहेको छ। राजा भएर पनि महेन्द्रले नेपाल र नेपाली चिनेका थिए। महेन्द्र जस्ता क्रान्तिकारी नेता खोई? नेपाल चिनेका राजा महेन्द्र जस्ता राष्ट्रबादी क्रान्तिकारी नेताको अभाब भयो। यस्तो प्रजातन्त्रमा मेरो समर्थन छैन। अब जनता उठ्नु पर्छ, परिवर्तन गर्नुपर्छ।