Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ह्वील चेयरमा बसेर राष्ट्रसेवा

१३ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

'राष्ट्रनिर्माणमा आम नेपालीको भूमिका' मंसिर १० गते नागरिक समूहले कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीदेखि पूर्व सरकारप्रमुख खिलराज रेग्मीसम्मको उपस्थिति थियो। यही समारोहमा उपरथी रमिन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दसहितको सम्मान गरियो। लोकतन्त्रपछि सैनिक सेवाका व्यक्तित्वलाई नागरिक सम्मान गरिएको यो पहिलो हो। 
रमिन्द्र क्षेत्रीको जीवन ह्वीलचेयर जीवन हो। जनयुद्ध चर्किरहेको थियो, २०६० साल भदौ ११ गते दुश्मन मानेर माओवादीले गोली ठोकेर मार्नै खोजेका थिए, भाग्यवस उनी बाँचे र रमिन्द्र क्षेत्री ह्वीलचेयरमै बसेर नेपाली सैनिकको कर्तव्य निभाइरहेका छन्, सैनिक सेवामा अहोरात्र खटिरहेका छन्। एउटा सैनिकका लागि उसको जीवनभन्दा पनि सैनिक संगठनले दिएको जिम्मेवारी निभाउनु र राष्ट्रसेवा गर्नुको कति महत्व राख्छ, यसको प्रमाण हुन् रमिन्द्र क्षेत्री।  
सैनिक रहेका वा नरहेका पुस्तालाई रमिन्द्र क्षेत्री राष्ट्र र राष्ट्रियताको सर्वोपरि हितमा काम गर्ने प्रेरणा बने। सम्मानित भएपछि भावुक बनेका जर्नेल रमिन्द्र क्षेत्रीले युवाहरुलाई देशको माया गर्न र देशभन्दा महत्वपूर्ण केही छैन भन्ने सन्देश दिए। जीवन नै ह्वीलचेयरमा सिमित भएका रमिन्द्र क्षेत्रीको सोच, विचार र कर्तव्यपरायणता साह्रै सक्रिय छ। यो उनको असाधारण सेवा पनि हो। ३७ वर्षे सैनिक सेवामा रहेका क्षेत्री अहिले राष्ट्रिय सेवा दलमा कार्यरत छन्। नेपाली सेनाभित्र प्रखर व्यक्तिका रुपमा उनको पहिचान स्थापित छ। नेपाली सेनाको प्रतिनिधि हुन् रमिन्द्र क्षेत्री।