Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किन आए भारतका अतिरिक्त विदेश सचिव

०५ मंगलबार , श्रावण २०८३९ घण्टा अगाडि

किन आए भारतका अतिरिक्त विदेश सचिव

परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्दै भारत सरकारको सन्देश हस्तान्तरण गरेका छन् । 
गोप्य सन्देशको गोप्यता राख्दै परराष्ट्र मन्त्रालयले भनेको छ– नेपाल–भारतबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ । महावरले परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि भेट गरेका छन् । भेटवार्तामा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगति र प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई तैयार गर्ने विषयमा गम्भीर छलफल भएको थियो । वार्तामा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने सहमति पनि भएको छ । संकेत छ, छिटै भारतका प्रम नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेछन् भने कार्यसूची तैयार भएको अवस्थामा नेपालका प्रम बालेन्द्र साह पनि भारत भ्रमणमा जान सक्नेछन् ।