Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

समाजविरोधीहरु पक्राउ

०१ शुक्रबार , श्रावण २०८३७ घण्टा अगाडि

समाजविरोधीहरु पक्राउ

अवैध लागूऔषध सहित २५ जना पक्राउ
काठमाडौं, ३२ असार । कैलाली, धनगढी उपमहानगरपालिका १० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६६ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(३ माछा मार्ग टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित धनगढी उपमहानगरपालिका(३ बस्ने २८ वर्षीय सुरज चौधरी समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, रंगेली नगरपालिका(६ पुरानो भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका १ बस्ने २० वर्षीया भुमिका फागो र इलाम चुलाचुली गाउँपालिका(१ घर भएका २३ वर्षीय सम्योक वानेम फागो रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका ७ काली मंदिर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका १ बस्ने २२ वर्षीय भुपाल कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    स्याङ्जा, गल्याङ नगरपालिका(१ राम्दीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुल सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १८ बस्ने ३५ वर्षीय पुण्य प्रसाद आचार्य र सोही महानगरपालिका(५ बस्ने २९ वर्षीय सुरज प्याकुरेल रहेका छन् । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग २ ख १९५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(९ लाटीकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने २८ वर्षीय अमित भुजेल र सोही नगरपालिका ३ बस्ने २१ वर्षीय कृतन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, धरान उपमहानगरपालिका १९ भिक्टोरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय विजय लिम्बु र ३५ वर्षीय पुर्ण श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका ४ लालीगुँरास टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ कानेपोखरी नगरपालिका ५ बस्ने २८ वर्षीय बिनोद बयाँलकोटी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ५ सितल बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका(५  तल्लो देउराली बस्ने ५७ वर्षीय चोक्मान तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    नुवाकोट, बिदुर नगरपालिका(१ सिमुटारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ ग्राम र चरेस करिब २० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने २१ वर्षीय आभास खतिवडा र २१ वर्षीय बादल मिजार रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका १ बस्ने ३० वर्षीय मो। सदाम हुसेन, सोही नगरपालिका ५ बस्ने भारत बिहार घर भएका १९ वर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका(३ बस्ने ४१ वर्षीय रमेश थेगिम रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सिराहा, सिरहा नगरपालिका १७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९  ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने ४४ वर्षीय महेश कुमार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ पक्राउ 
काठमाडौं, ३२ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ९ बस्ने दोलखा शैलुङ गाउँपालिका ४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका ४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् । 
    पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका(९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(८ बाट पक्राउ गरेको हो ।    
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
लमजुङ, ३२ असार  
    कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका(१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका(२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् । 
    बेसीशहर नगरपालिका ८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका(१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका(२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो । 
    उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ३२ असार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका(२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका ३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 
वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका(२ इमाडोलबाट पक्राउ गरेको हो ।  
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुरका फरार पक्राउ
काठमाडौं, ३२ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका(९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो । 
    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 
काठमाडौं, ३२ असार, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका ८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
    उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका(३ सुन्ताखानबाट पक्राउ गरेको हो । 
उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
डोल्पा, ३२ असार
    त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ छल बस्ने ३२ वर्षीय बिष्णु लाल रोकाय र ४२ वर्षीय भक्ती चन्द्र रोकाय रहेका छन् । 
    जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल सहित एक पक्राउ
सिराहा, ३२ असार । सिरहा नगरपालिका ७ बाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित भारत मधुवनी बिहार थाना रामनगर ग्राम पंचायत पटबारा ८ सहर्वा बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पेस्तोल र गोली फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित ३ पक्राउ 
कास्की, ३२ असार । पोखरा महानगरपालिका १४ मझेरीपाटन बस्ने ३० वर्षीय साजन विक समेत ३ जनालाई भरूवा बन्दुक १ थान र फलामको धारिलो हतियार १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।