
समय आए पछि ढुङ्गा पनि बोल्ने छ भन्ने दिव्य दर्शन व्यक्त गरिबक्सेका श्री ५ ज्ञानेन्द्रको ८० औं शुभजन्मोत्सवको पावन अवसरमा माइतीघर चोकमा “म पनि नेपाली जनता भएको नाताले राजा ज्ञानेन्द्रलाई श्रीपेच पहि¥याएर देश बचाउने छु भन्ने संकल्प गर्नु भएका हामी अभियन्ताहरूका प्रेरक स्वर्गीय विष्णु भक्त तण्डुकारको प्रतिनिधित्व गर्नु हुने ज्येष्ठ नागरिक वेदनिधि दवाडीको सभापतित्वमा देशको समसामयिक विषयहरू माथि आ–आफ्ना धारणा राख्नुका साथै मौसुफ सरकारका जुनाफमा शुभकामना चढाउने कार्यलाई ३, ४ दिनसम्म निरन्तरता दिंदै शुभजन्मोत्सवको सिलसिलामा जनक चोक र धनकुटाको हिले बजारमा राजाको जन्मोत्सव भनेको साझा राष्ट्रिय चाडको रुपमा देशैव्यापी मनाउने तरखरमा रहेको जानकारी व्यवस्थापक शंकर मघैयाले पत्रकारहरू समक्ष राख्नु भएको थियो ।
गुरु विना शिष्यको अर्थ नहुने, शिष्य विनाको पनि गुरुको पनि अर्थ नरहने कथ्य र तथ्यलाई उजागर गर्न वृहस्पति बाबाको मार्ग दर्शन लेखेको पर्चालाई पढेर सुनाउनु भएको सो कार्यक्रममा प्रमुख अभियन्ता माया पाण्डेले हामी राजा भनेर बस्ने, राजालाई सिमित घेराबाट बाहिर निकाल्न नदिने गतिविधि अब रोक्नु पर्छ, राजा जनताको विचमा र जनता राजाको नजिकमा पुग्ने वातावरण बनाउनको लागि राजा ज्ञानेन्द्रवाट वृहस्पति बाबाको मन्दिरमा प्रार्थना, पूजामा सरिक हुनै पर्ने दृष्टिकोण राख्नु भयो । राजा ३ करोड नेपालीको ढुकढुकीको साथै अभिभावक हुनु हुन्छ । इन्द्र भगवान, राजाको गुरु वृस्पिति बाबा एक मात्र गुरु रहनु भएकोले गुरु राष्ट्र दिन प्रतिदिन कमजोर हुँदै गएकोमा चिन्ता प्रकट गर्नु भयो ।
रवी लामिछानेले भारतको भ्रमणमा मोदीको खुट्टा ढोगेर लम्पसार परेकोले नेपालको शिर झुक्न गएको छ । हामी भारत भ्रमणमा जाँदा भगवान शिवको पूण्यभूमिवाट आएको नेपालीहरू भगवान सरह हुन भनेर हामीलाई ढोग्न आएको स्मरण गर्नु भयो ।
अभियन्ता गोपालकृष्ण बुढाथोकीले माया पाण्डेले धर्ना कार्यक्रम मार्पmत उठाउनु भएका माग प्रति राज्य र दलहरूको ध्यानाकर्षण हुन ढिला गर्नु हुँदैन भन्नु भयो ।
योगी गणेश गिरीले अर्धनारेश्वरको रुपमा प्रस्तुत हुँदै महादेव र पार्वती अर्धनारेश्वरको फोटो प्रदर्शन गर्दै धर्म र राजा विना नेपाल र नेपाली बाँच्न नसक्ने भएकोले धर्म र राजाको विकल्प नेपालमा छैन भन्नु भयो ।
दोश्रो दिन पत्रकार भेटघाट कार्यक्रममा माया पाण्डे एक्लैले राजा ल्याउन सक्छ भनेर यो वृद्धा अवस्थामा किन विगतको स्मृतिको पानाहरूलाई कोत्याउनु हुन्छ भनेर राखेको थियो । यसै प्रसंगमा दुई जना युवाहरू विच भनाभन, तीव्र वहस भएपछि गणतन्त्र र संवैधानिक राजतन्त्रको बारेमा सुनिश्चित पार्नै पर्ने परिस्थिति विकसित भएकोले यदि यो बहसलाई सहि ढंगबाट सल्त्याउन नसकेमा देशै भरी डँढेलो लाग्ने निष्कर्ष निकालेका छौं । यति सम्म चुनौति दिने कार्य भएको छ कि तिमीहरू २, ४ जना राजाका झोलेहरूलाई माइतीघरबाट धपाउने छौं भन्ने धम्की समेत दिएको छ ।
राजतन्त्र कालमा भए गरेका राम्रा कुराहरूलाई होइन गणतन्त्रलाई नै संस्थागत गर्नु पर्छ भन्ने दवाव समेत दिइयो भने एकजना सहभागीले त बोलनलाई ५ वर्ष शासन गर्न जनताले जनादेश दिई सकेको छ तिमीहरूले केही लछारपाटो गर्न सक्दैन भन्ने उठेका बहसलाई वौद्धिक वुद्धिजीवी प्राज्ञहरूको काँधमा ठूलो जिम्मेवारी आइपरेको छ भन्ने सन्देश दिएको छ ।
८० औं शुभजन्मोत्सवको पावन अवसरमा आयोजित “नेपाल राष्ट्रको निर्माणमा राजसंस्थाको अपरिहार्य” विषयक वृहत प्रवचन (२०८३) को कार्यक्रममा समारोह समितिका अध्यक्ष पूर्व सांसद ऋषि बाबु परियारले नारायणहिटी राजदरबार बहिर्गमन हुँदाको विश्लेषण गर्दै माओवादी हिंसालाई सेना प्रयोग गरेर दमन गर्दा त्यसको परिणाम समाजमा पर्न सक्ने असर नेपाली नेपाली विच द्वन्द नहोस भन्ने लोक सम्मती अनुसार राज्य संचालन गर्ने नेपालीहरू एक आपसमा मिलेर सामाजिक एकता र राष्ट्रिय एकता होस भनेर सामान्य नागरिक भएर त्यो त्याग गरिबक्सेको चर्चा गर्नु भयो भने गत वर्षको ७९ औं शुभ जन्मोत्सव समारोह समितिका अध्यक्ष प्रा.डा.उत्तमकृष्ण कर्माचार्य अस्वस्थ हुनु भएको कारण राष्ट्रवादीहरूको साझा संगठनका व्यवस्थापक शंकर मघैयाको तर्पmवाट मौसुफ सरकारका जुनाफमा शुभकामना टक्रयाउनु भन्ने निर्देशनलाई पालना गरी सबै राष्ट्रवादीहरूलाई जोड्ने कडी नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५३.१ हुन सक्ने भएकोले त्यस तर्पm डिल्लीबजारको भोजन गृहमा प्राज्ञिक व्यक्तिहरूको सहभागितामा समारोह समितिका अध्यक्ष ऋषि बाबु परियारको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम राख्ने जानकारी दिनु भएको थियो ।
राष्ट्रवादीहरूको साझा संगठन (२०७७) ले माईतीघरमा तल उल्लेखित महत्वपूर्ण विषयहरूमा सुसूचित गराईएको छ ।
ॐ, श्री
राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह सरकारले भनीबक्सेका थिए “सगरमाथाको शीर जस्तै कहिल्यै पनि देशको स्वाभिमानलाई विदेशीसंग झुक्न नदिनु ।”
बालेन सरकारको १०० दिन के भए, के भएन ?
घरको छानो भत्काएको १८ वर्ष पुग्यो घर भित्र बसोबास गर्ने मान्छेहरूको विचल्ली किन गरेको ?
टाउकोको दुखाई, पेटको दवाई !
देश बनाउने नाउ“मा बनिरहेको संरचना भत्काउने अनि नया“ संरचना बनाउन नसक्नेलाई के भन्ने ?
सार्वभौमसत्ता जनताको नाउ“मा ऋण मागेर ऋण तिर्ने र जनतालाई जहिल्यै पनि गरिबी तर्पm धकेल्ने देश कुन होला संसारमा ?


