Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देउवाको वाणले घाइते भए खुमबहादुर

०६ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

पार्टीको उपसभापति पाउने देउवाको आश्वासनमा लागेर खुमबहादुर खड्काले पार्टी महाधिवेशनमा रामचन्द्र पौडेललाई धोका दिए, देउवालाई जिताए। देउवा सभापति भएको लामो समयसम्म पनि आफूलाई उपसभापति बनाउने निर्णय नगरेपछि सोध्नैपर्‍यो भनेर खुमबहादुर खड्का मंसिर ५ गते देउवालाई उनको स्वास्थ्योपचारका विषय पनि उठे। जब पार्टीका पदाधिकारीको मनोनयनका बारेमा खुमबहादुर खड्काले चासो व्यक्त गरे, तव सभापति शेरबहादुर देउवाले अमीलो मुख लाएर जवाफ दिए– तपाईलाई उपसभापति बनाउने विचार थियो, भारत मानेन। 
के भनेको यो? भनेर खुमबहादुर पड्किन पनि पाएनन्, देउवा उठेर हिडे। खुमबहादुर खड्का हेरेको हेर्‍यै भए। र, उपसभापति हुन हिडेका खुमबहादुर खड्का रित्तै हात फर्किए। जीवन ठूलो गल्ती गरिएछ भनेर खड्का आफ्ना मित्रमण्डलीमा गुनासो गर्न थालेका छन्। 
खड्काको आरोप छ– देउवा अवसरवादी हुन्, देउवा धोखेवाज हुन्। यस्ता मौकापरस्त व्यक्तिले हाँकेको कांग्रेस समाजवादी हुनैसक्दैन। कांग्रेसभित्र असन्तुष्टि झन बढ्यो। खुमबहादुर खड्का पार्टीका प्रभावशाली नेता मानिन्छन्। उनका पक्षमा पार्टी नेतृत्वपंक्ति र कार्यकर्ताको भीड नै देखिन्छ। कार्यकर्ताको अत्यन्त ख्याल गर्ने खड्काले आफ्नो राजनीतिको आधार नै कार्यकर्ता र सिद्धान्तलाई बनाए। यतिखेर आएर कांग्रेस नेतृत्व दोस्रो पुस्तामा त सर्‍यो, दोस्रो पुस्ताका सभापति देउवाले यिनै खुमबहादुरलाई धोका दिए। 
त्यसै पनि कंग्रेसभित्र रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाको ग्रुप छ, अव महासचिव सशांक कोइराला र खुमबहादुरको हिन्दूवादी समूहले  आफ्नो रङ देखाउनेछन्। र, देउवाका लागि आगामीदिनहरु फलामको च्यूरा चपाएभन्दा मुस्किल हुनसक्छ। संगठन र राजनीतिक भविष्य खोज्नकै लागि मंसिर १५ गते प्रज्ञा प्रतिष्ठानमा सनातन हिन्दू महाअभियानको थालनी गर्दैछन् खुमबहादुर खड्काले। हिन्दूराष्ट्र बनाऔं, नेपाल बचाऔं, यही नारा छ उनको। 
संविधान संशोधनको मौसममा खड्काले हिन्दूत्व जगाउन र हिन्दूत्वकै माध्यमबाट आफूलाई कांग्रेसको प्रभावशाली नेतृत्वमा चम्काउने रणनीति छ खड्काको। देउवाको वाण लागेका खुमबहादुर यतिखेर घाइते बाघ बनेका छन्। घाइते बाघले कुनबेला, कुन ठाउँमा झम्टन्छ भन्न सकिन्न।