Advertisement Banner
Advertisement Banner

०३ बुधबार, असार २०८३1st June 2026, 10:58:34 pm

अवैध लागूऔषध सहित ६ जना

०३ बुधबार , असार २०८३१४ घण्टा अगाडि

अवैध लागूऔषध सहित ६ जना

अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं, २ असार । कैलाली, कैलारी गाउँपालिका ५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, बिर्तामोड नगरपालिका ५ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका ६ बस्ने ५० वर्षीय तमिज आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बारा, जीतपुरसिमरा उपमहानगरपालिका २२ झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ६ सय ग्राम सहित सोही उपमहानगरपालिका २२ चकरी बस्ने ३० वर्षीय नाईस बाबु तामाङ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बर्दिया, मधुवन नगरपालिका ५ स्थित १७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका ५ गाउँ नम्बर ९ शान्तिपुर टोल बस्ने २३ वर्षीय रमेश चुदारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सात थान भरूवा बन्दुक बरामद
काठमाडौं, २ असार । जाजरकोट, बारेकोट गाउँपालिका ४ तहरास्थित ढोटाचौर सामुदायिक वनको ओढारबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बारेकोटबाट खटएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको   हो ।
रूकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १ सिसिरूम भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्मामैकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी रूकुम पूर्व, सिस्ने गाउँपालिका ४ सानी भेरी नदीस्थित फेरावनको ओढारबाट भरूवा बन्दुक ३ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
यसैगरी रूकुम पूर्व, सिस्ने गाउँपालिका ५ सिमलबोटस्थित चोरखोला भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रूमालबाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
रूपन्देही, तुलसीपुर उपमहानगरपालिका १३ जुमिलकुला लेडुवा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
काठमाडौं, २ असार । सिराहा, गोलबजार नगरपालिका ७ चहोर्वाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय १५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० बस्ने ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र भारत पटना धनरूवा ग्राम पंचायत बस्ने ३० वर्षीय रोहित कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले धर्मपुरबाट चहोर्वातर्फ आउँदै गरेको नम्बर प्लेट नभएको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रमममा गोलबजार नगरपालिका १० बस्ने ६० वर्षीय छक बहादुर सुनुवारको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २२ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 
रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका २ सिम्रुत बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका २ बस्ने २९ वर्षीय कमल पुन र २० वर्षीय राजन पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बिमैचाबाट सिम्रुत बजारतर्फ आउँदै गरेको भे १२ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, बराहक्षेत्र नगरपालिका(१ बगुवा बस्ने ४५ वर्षीय योगेश न्यौपानेलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ९० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ८ गणेश लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका ७ बस्ने ३३ वर्षीय बिक्रम उदासलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, कोशी गाउँपालिका १ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याबलेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सप्तरी कञ्चनरूप नगरपालिका ९ बस्ने २१ वर्षीय शिवनारायण महत्तो र २४ वर्षीय प्रदिप यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका २ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका २ बस्ने २८ वर्षीय सरोज तामाङ, ३४ वर्षीय मोहन परियार, सोही उपमहानगरपालिका ५ बस्ने ३४ वर्षीय सुमन पासवान, सोही उपमहानगरपालिका १ बस्ने २९ वर्षीय दिपेश राना मगर र २२ वर्षीय सक्षम केसी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, धनपालथान गाउँपालिका ४ कर्सियाबाट अवैध लागऔषध गाँजा करिब ८ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो  ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका ३ बस्ने ३१ वर्षीय कमल कुमार राम, पथरी शनिश्चरे नगरपालिका ८ बस्ने २५ वर्षीय शंकर माझी र सुनसरी दुहबी नगरपालिका ८ बस्ने २५ वर्षीय संदिप कार्की रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, शिवसताक्षी नगरपालिका ३ भोटे पुल बस्ने २७ वर्षीय बीरगंज आङदम्बेलाई नियन्त्रित लागूऔषध स्पारेष्ट ९६ ट्याब्लेट र ट्रामाडोल ९५ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, बिर्तामोड नगरपालिका ३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिगग्राम सहित सोही नगरपालिका ४ डेरा गरी बस्ने सोही नगरपालिका ३ घर भएका ३९ वर्षीय गणेश प्रसाद ओलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्र १ ०१ ००३ ह ०४०८ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९० मिलिग्राम सहित दमक नगरपालिका ३ बस्ने २७ वर्षीय बिकास भुजेल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे  ४ प ५७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका ३ गिरूबारीबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नगद २३ हजार ९ सय ७८ रूपैयाँ सहित मध्यबिन्दु नगरपालिका ९ बसन्तपुर बस्ने २५ वर्षीय आशिस मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कावासोताबाट बसन्तपुरतर्फ जाँदै गरेको लु ३८ प ५६०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
सिन्धुली, कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ८० मिलिग्राम सहित झापा कनकाई नगरपालिका ९ बस्ने ३७ वर्षीय फुर्साङग पाख्रिन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६६७२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, कृष्णपुर नगरपालिका ५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम, १ लाख ४३ हजार नेपाली रूपैयाँ, ९ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित कृष्णपुर नगरपालिका ५ बस्ने २३ वर्षीय राजेश राना समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २ असार । कञ्चननपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका ५ ग गाउँ बस्ने ५९ वर्षीय सुका डौडेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
सिराहा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ४ बस्ने ३५ वर्षीय दिलिप सदालाई गए राति प्रहरीले पक्राउ गरेको छ । दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका(३ बिर्ताबजार बस्ने २९ वर्षीय प्रवृन्ड राउतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
धादिङ, २ असार । निलकण्ठ नगरपालिका ११ गोला भञ्ज्याङबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय श्याम बहादुर शाक्य र सोही नगरपालिका ९ बस्ने ३२ वर्षीय सन्त बहादुर गुरूङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१५ थान एकनाले भरूवा बन्दुक बरामद
प्युठान, २ असार । सरूमारानी गाउँपालिका ३ हंसपुरस्थित खडक सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १३ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । 
यसैगरी प्युठान, नौबहिनी गाउँपालिका ७ पातचौर पोखरास्थित खोलाको खोल्साबाट एकनाले भरूवा बन्दुक २ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा बरामद
सुनसरी, २ असार । धरान उपमहानगरपालिका(१७ त्रिवेणी चोक बस्ने ३५ वर्षीय प्रकाश राईको घरबाट अवैध लागूऔषध गाँजा करिब ६४ किलोग्राम सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार प्रकाशको खोजी गरिगरहेको छ । 
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १७ चुलबुले खोला नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्बेबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।