Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कति कुुल्चने हाम्रो छातीमा

३० मंगलबार , कार्तिक २०७३१० बर्ष अगाडि

पेरिसडाँडामा धावा बोल्न पुगेका पूर्व अयोग्य लडाकुलाई प्रधानमन्त्रीको आदेशमा गृहमन्त्री बिमलेन्द्र निधिले प्रहरी लगाएर लाठी र बुट बजार्दै लखेटेपछि पूर्व लडाकाहरु 'प्रचण्ड अझै कति बजार्दैछौ बुठ र लात्ती हाम्रो छातीमा भनेर आक्रोसित भएका छन्। 
पूर्वलडाका युवा तथा महिलाहरु न खाने गाँस छ, न बस्ने बास, बिरामी हुँदा औषधि किन्ने पैसा पनि छैन। हाम्रा कमाण्डर, सुप्रिम कमाण्डर प्रचण्ड आलिसान महलमा बस्छन् भनेको पनि सुनियो। हाम्रो टाउकोमा टेकेर सत्तामा पुग्नेहरुले भर्‍याङ पो बनाएछन्। हामीलाई बन्दुक बोकायौ, लडायौ र अयोग्य भनेर फालिदियौ। न्याय चाहियो, हक चाहियो भन्दा पुलिस लगाएर लखेट्ने, चुट्ने? पूर्व लडाकाहरुको दुःखेसो सुनिसाध्य छैन। प्रचण्ड सुन्नै तैयार छैनन्। 
राजाको अत्याचारविरुद्ध लडियो, नयाँ नेपाल बनाउन हिडियो। घरघरबाट थुतेर लडाका बनाइयो। १४ वर्षमा लडाका बनाइयो, अयोग्य भनेर फालियो। अहिले २८ वर्षको हुँदा गरिखाने आधार नै छैन। यति जघन्य अपराध भयो हामीमाथि। यसैभन्छन्– पूर्वलडाकाहरु। कतिपय लडाकाहरु अझै शरीरभित्र गढेको गोली निकाल्न नसकेको स्थितिमा पनि छन्। 
एक लडाकाले भने– बम, बारुदसँग खेलियो, युद्धमा हेलियो, आज ओल्लो किनार न पल्लो तीर भयौं। देश परिवर्तन होला भनेको नेता परिवर्तन भए, परिवर्तन त हाम्रा नेतालाई पो आयो। राधा चाँदरा, मुक्ति राई, सरला गुरुङ, देवी आलेजस्ता अनेक पूर्वलडाकाहरु दुई पटक प्रधानमन्त्री भइसक्दा पनि सुप्रिम कमाण्डरले अन्यायमा परेका पूर्वलडाकालाई नहेर्दा चित्त दुखेको बताउँछन्। काखे नानी च्यापेर धर्नामा, जुलुसमा हिडेका पूर्वलडाकाहरु साँच्चै धरधर रोइरहेका देखिन्छन्। 
उनीहरुको एउटै माग छ, जीवन धान्ने केही त आधार देउ। पूर्वलडाकुको यस्तो चित्कार पेरिसडाँडामा ठोक्किएर घन्किरहेको छ।