बालीभन्दा गोलीले बोल्न रुचाउने दुर्जकुमार राई सशस्त्रको आइजीपी त बने तर उनी अहिले पनि गोलीकै भाषा बोल्छन् र भन्छन्– हौ, कल्याणकारी कोषको उपयोग गरेको छु, फोर्सको काममा लगाउनु भनेको सुपयोग हो। किन बुझ्दैनन् मान्छेहरु र हल्ला गर्छन्।
सशस्त्र कल्याणकारी कोषको रकम अनधिकृत रुपमा खर्च गर्न बन्देज छ तर आइजीपी र बरिष्ठ अधिकृतहरु कोषको रकम विदेश भ्रमण गर्न दुरुपयोग गरिरहेका छन्। फोर्सका सकल दर्जाले विदेशमा खटिदा पाएको तलव भत्ताको रकम कट्टी गरेर जम्मा गरेको कल्याणकारी कोषको रकम दुर्जकुमार राई र उनका चहेता अधिकृतहरुले इटाली, अमेरिका, इन्डोनेशियाको भ्रमणमा खर्च गरिरहेका छन्। सञ्चालक समितिमा प्रश्न उठिसकेको छ, गृहले पनि प्रश्न गरेको छ र अप्ठेरो पर्ला भनेर पेश्की भने पनि कोषको दुरुपायोग रोकिन सकेको छैन।
कोषराज वन्तलाई भ्रष्टाचार लागेर हट्नुपर्यो, दुर्जकुमार कमाउ ठाउँमा खटनमा समेत खाने बुझाउनेलाई प्रोत्साहन दिइरहेका छन्।