Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतकै निगरानीमा साटिने

३० मंगलबार , कार्तिक २०७३१० बर्ष अगाडि

भारतले नेपाललाई फेरि पनि हेप्यो, नेपालको मौखिक, लिखित अनुरोधपछि नेपालमा रहेका, नेपालीहरुसँग भएका ५ सय र हजार दरका नोटहरु भारतकै निगरानीमा साट्ने सुविधा उपलव्ध गराउने तैयारी भइरहेको स्रोतले जानकारी दिएको छ। भारतको निगरानी कस्तो? यसबारेमा स्पष्ट भइसकेको छैन तर भारतीय दूतावासको सूचनाका आधारमा २५ हजारभन्दा बढी परिमाणमा भएका नोटको स्रोत खोजिने भएको छ। यसरी सटही गर्दा भारुको बदला नेपाली नोट दिइनेछ र संकलन भएका भारु नेपाल राष्ट्र बैंकले भारत पठाएर नयाँ नोट सटही गर्न पाउने छ। 
नेपालमा भारु कति छ, यसबारेमा एकिन तथ्य राष्ट्र बैंक पनि अनभिज्ञ छ। भारतमा काम गरेर फर्कने, भारु थुपार्ने, औषधि उपचार गर्ने, व्यापारी, उद्योगीहरु र सामान्य नागरिकसँगसमेत गरेर ५ खर्बजति भारु हुनसक्ने राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ। 
भारतमा प्रधानमन्त्री मोदीले ४५ दिनमा स्थिति सामान्य हुन्छ भनेका छन् भने विदेशमा भारतले पुराना नोटको सटही बन्दोबस्त गर्न लाग्दा त्यो सुविधा नेपालले पनि पाउन लागेको हो। भारतको बित्त मन्त्रालय र आरवीआईले यसैहप्ता पुराना ५ सय र हजार दरका नोटको सटहीका लागि विशेष बन्दोबस्त गर्न लागेका छन्। अकूत भारु भएकाहरु भने संकटमा पर्न सक्नेछन्।