Advertisement Banner
Advertisement Banner

२४ आइतबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

लागूऔषधको महामारी रोक्न प्रहरी प्रयासरत

२४ आइतबार , जेठ २०८३५ घण्टा अगाडि

लागूऔषधको महामारी रोक्न प्रहरी प्रयासरत

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
काठमाडौं, २३ जेठ । काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १६ बस्ने ३० वर्षीय आयुष श्रेष्ठ, ४० वर्षीय सनि श्रेष्ठ, ३५ वर्षीया किभा श्रेष्ठ, बारा सिम्रौनगढ नगरपालिका ८ घर भएका २३ वर्षीय निराजन कुमार, २४ वर्षीय कैमुलाह खान, काठमाडौं महानगरपालिका १९ बस्ने ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहट बौधीमाई नगरपालिका ९ घर भएकी १९ वर्षीया सेजल जैसवाल, दोलखा कालिन्चोक गाउँपालिका ७ घर भएका २१ वर्षीय सागर शिवाकोटी, भक्तपुर मध्यपुर थिमी नगरपालिका २ बस्ने ३५ वर्षीय भगवान थापा मगर र सिराहा कर्जन्हा नगरपालिका ९ घर भएका २० वर्षीय चेत नारायण ठाकुर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    
यसैगरी काठमाडौ, बुढानिलकण्ठ नगरपालिका ४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
चितवन, भरतपुर महानगरपालिका(१५ गाविस चोक बस्ने ३२ वर्षीय पुष्प बहादुर थापा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले पुष्पको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
झापा, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित मेचीनगर नगरपालिका १० बस्ने ३२ वर्षीय सुरेन्द्र गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, बिर्तामोड नगरपालिका(५ किरातचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका २ बस्ने २४ वर्षीय मनिस ओडारी समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ८ क्याम्पसमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका(७ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।उदयपुर, त्रियुगा नगरपालिका ११ गाईचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित सोही नगरपालिका ११ बस्ने २० वर्षीय सानो भाई भन्ने कैलाश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ‍उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
दाङ, राप्ती गाउँपालिका १ भालुबाङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ७० मिलिग्राम सहित कपिलवस्तु शिवराज नगरपालिका ५ पर्चिया बस्ने ४२ वर्षीय साकिर खानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कैलाली, भजनी नगरपालिका(३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका ७ बस्ने २३ वर्षीय नरेन्द्र चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सिराहा, बरियारपट्टी गाउँपालिका ३ हबलदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित औरही गाउँपालिका १ दरहिया टोल बस्ने २६ वर्षीय कासिन्द्र ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
     
ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, २३ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका(८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन् ।  
पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रूपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका ३ बाट र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(८ बाट पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।