
अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १८ जेठ, कैलाली, टीकापुर नगरपालिका ९ सुनफाँटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका ४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका(४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका(४ स्कुल डाँडा बस्ने ३२ वर्षीय अभिषेक कार्की र बेलबारी नगरपालिका २ बस्ने २९ वर्षीय नविन निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १७ प ९१७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, १८ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका(६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् ।
पक्राउ मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका १० बाट, प्रज्वललाई काठमाडौं महानगरपालिका ७ बाट र निसालाई काठमाडौं महानगरपालिका १६ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकहरू पक्राउ
काठमाडौं, १८ जेठ । ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बस्ने २५ वर्षीय MD MAJIDUL ISLAM REDOY समेत १५ जना बंगलादेशी नागरिकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ठमेल एरियामा बंगलादेशी लगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटल ब्ऋभ् को चौथो, पाँचौ, छैटौ तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ ।
उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ ।
भरूवा बन्दुक बरामद
सल्यान, १८ जेठ । त्रिवेणी गाउँपालिका ५ डाँडासल्लेस्थित शान्ति सुरक्षा सामुदायिक जंगलबाट भरूवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


