Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अमेरिकी चुनावमा बाँदरको भविष्यवाणी

२२ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाादरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भविष्यवाणी गरेको छ। बाादरको नाम गेडा हो, उक्त बाादरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो। त्यसैले अहिलेको भविष्यवाणी पनि मिल्ने कुरा बाादर विश्वासीहरुले बताएका छन्। 
डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा दुई थान केरा राखिएको थियो र बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय गरिदियो। आजको निर्वाचनमा अमेरिकी जनताको निर्णय र चिनियाा गेडा बाादरको भविष्यवाणीको परीक्षण हुनेछ। सियाङ हु इकोलोजिकल टुरिजम पार्कले गत बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा यो बाादरको भविष्यवाणी सार्वजनिक गरेपछि यो भविष्यवाणीको विश्वव्यापी प्रचार भइरहेको छ। यदि यो भविष्यवाणी सही सावित भयो भने यो वाादर भविष्यवाणी राजनीतिक जगतमा पहिलो र अलौकिक तथा चमत्कारिक भविष्यवाणीका रुपमा अंकित हुनेछ। किनकि बाादरले राजनीतिक भविष्यवाणी गरेकै छैन र यो नै पहिलो भविष्यवाणी हो। अमेरिकामा चुनाव भइरहेको छ र नतिजा बाादरअनुसार नै आउन सक्छ।