Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सिदिङ्वा-१ कालिखोलामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू सम्मानित

१० आइतबार , जेठ २०८३५ महिना अगाडि

सिदिङ्वा-१ कालिखोलामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू सम्मानित

ताप्लेजुङ, ०९ जेठ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. १, कालिखोलामा आ-आफ्नो क्षेत्र र विधामा उत्कृष्ट कार्य गरी योगदान पुर्‍याउने स्थानीय व्यक्तित्वहरूलाई एक भव्य समारोहका बीच सम्मान गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा वडाका विभिन्न क्षेत्रमा रहेर समाजको हित र विकासमा अहोरात्र खटिने अगुवाहरूलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।  

वडाबासीहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सम्बन्धित विधामा पहिलो श्रेणीमा रही प्रशंसनीय कार्य गर्ने व्यक्तित्वहरूलाई नगद राशि रु. २,००० (दुई हजार), सम्मान प्रमाण पत्र प्रदान गरिएको थियो। साथै, उहाँहरूको कार्यको प्रवर्द्धन र हौसला बढाउन खाँदा, माला र अविर लगाएर सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरू; समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत टिकाराम दाहाल सम्मानित हुनुभएको छ। स्थानीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुभएका अमिर राई सम्मानित हुनुभएको छ। कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै उदाहरणीय कृषकका रूपमा रत्न ब. बानिया सम्मानित हुनुभएको छ। स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्‍याउनुभएकी स्वास्थ्यकर्मी वर्षा भुजेल (अ.न.मी.) सम्मानित हुनुभएको छ। शिक्षाको ज्योति फैलाउन र शैक्षिक सुधारमा क्रियाशील शिक्षक दुर्गा प्रसाद कार्की सम्मानित हुनुभएको छ।सामुदायिक स्वास्थ्य र चेतनामा निरन्तर खटिनुभएकी स्वयंसेविका रनमाया विश्वकर्मा सम्मानित हुनुभएकी छिन्। र 
स्थानीय तहको विकास तथा सहकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका टोल विकास प्रतिनिधि धन ब. राई सम्मानित हुनुभएको छ।
यस सम्मान कार्यक्रमले सम्मानित व्यक्तित्वहरूलाई थप जिम्मेवारीबोध गराउनुका साथै आगामी दिनमा अझ बढी योगदान पुर्‍याउन अभिप्रेरित गर्ने विश्वास लिइएको छ। यस गरिमामय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको सम्बन्धी आधिकारिक जानकारी वडा सचिव नेत्र बहादुर माझीले गराउनुभएको हो।