
एक महिनाको अवधिमा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
काठमाडौं, ८ जेठ, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध
कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका हुन् ।
सो अवधिमा अवैध लागूऔषध गाँजा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम ३ सय ४० मिलिग्राम, चरेस १९ किलो १ सय ३८ ग्राम ९ सय ६४ मिलिग्राम, हेरोइन ४ किलो २३ ग्राम ५ सय २८ मिलिग्राम, अफिम ७ किलो ९ सय ७४ ग्राम ३ सय ८० मिलिग्रम, कोकिन ३३ ग्राम ६ सय २० मिलिग्राम, पोलेन ११ किलो ४ सय १९ ग्राम,
नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३ सय ९९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।
लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै
आइरहेको छ ।
एक महिनाको अवधिमा २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, ८ जेठ, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय
१९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ ।
एक महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जना पक्राउ
काठमाडौं, ८ जेठ, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न
४० जनालाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान, बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।
अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष
प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।
करिब १ सय २५ किलो गाँजा सहित एक जना पक्राउ
बारा, ८ जेठ, जीतपुरसिमरा उपमहानगरपालिका १ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध
गाँजा करिब १ सय २५ किलोग्राम सहित सोही उपमहानगरपालिका १८ पसहा टोल बस्ने
रौतहट चन्द्रपुर नगरपालिका १ पौराही घर भएका २७ वर्षीय मान बहादुर स्याङतानलाई
बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ पिलुवाबाट डुमरवानातर्फ आउँदै गरेको आल्फाबेट नखुलेको ४३११ नम्बरको कारमा सवार व्यक्तिले ९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फाली फरार भएपश्चात गाँजा ओसारपसार गर्ने मध्येका मान बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार र कारमा सवार व्यक्तिहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं, ८ जेठ, काठमाडौं, टोखा नगरपालिका ९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३
सय ट्याब्लेट र नाइट्राजेपाम ४ सय २० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेख गाउँपालिका ४ घर भएका २३
वर्षीय राजु घोले, ललितपुर बस्ने काभ्रे पाँचखाल नगरपालिका ६ घर भएका २२ वर्षीय
कोशिस दनुवार, ललितपुर महानगरपालिका १७ घर भएका १८ वर्षीय किशोर र रामेछाप
मन्थली नगरपालिका५ घर भएका २१ वर्षीय निशान बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग
गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका ५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने
पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका १० लठैया बस्ने १९ वर्षीय आदित
चौधरी र २० वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट
खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से २ प ७४१० नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका ४ फिर्केपुलबाट अवैध लागूऔषध गाँजा ३
किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
अन्नपुर्ण गाउँपालिका ८ दानसिंह बस्ने २९ वर्षीय हरि नेपाली र २५ वर्षीय सरण विक
रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त
गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका(२ अर्चलवोटबाट नियन्त्रित लागूऔषध
नाइट्राभेट ३० ट्याब्लेट सहित सोही महानगरपालिका(२३ पामे बस्ने २५ वर्षीय मौसम
परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका ५ मालेपाटनबाट नियन्त्रित लागूऔषध
टापेन्टाडोल २ सय ५० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय रितेश केसी र ओखलढुङ्गा घर भएका २१
वर्षीय राजन मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ
गरेको हो ।
धनुषा, बिदेह नगरपालिका १ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सबैला नगरपालिका १३ रघुनाथपर बस्ने ३२ वर्षीय नबिबुल रहमानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ७ प ७६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटबल उपमहानगरपालिका ३ गोलपार्कबाट नियन्त्रित लागूऔषध आईपिपिएल १८ एम्पुल, फेनारगन १८ एम्पुल र सेराज्याक १८ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिष बस्नेतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित उर्लावारी नगरपालिका ३ बस्ने २५ वर्षीय रोशन थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका २ पुनरबासस्थित रामाईलो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय समिप राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका ४ चर्तागाछीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित दमक नगरपालिका ३ बस्ने २४ वर्षीय बिनोद कटुवाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ कृष्णटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आयुष सार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ८० किलो क्रिष्टल जस्तो देखिने चिजवस्तु सहित एक जना पक्राउ
धादिङ, ८ जेठ, रूवी भ्याली गाउँपालिका ३ सेक्टर चौताराबाट करिब ८० किलोग्राम अवैध क्रिष्टल
जस्तो देखिने चिजवस्तु सहित सोही गाउँपालिका ३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई
बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा अवैध क्रिष्टल जस्तो देखिने चिजवस्तुको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरीले ४ वटा बोरामा रहेको उक्त चिजवस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।


